0
गोल्डेन न्यूज संवाददाता
बेल्जियममा रहेका नेपालीहरुको सामाजिक संस्था एभरेष्ट समाज नेपालले धादिङ जिल्लाको पीडा गाविस वडा नं. ४, च्याङ्लीमा रहेको डोल भञ्ज्याङ उच्च माविलाई आठ लाख रुपैयाँ सहयोग गरेको छ । उक्त रकम बुर्गेका अध्यक्ष दुर्गाप्रसाद सुवेदीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रमोद रुपाखेतीलाई एक कार्यक्रमका बीच हस्तान्तरण गरेका थिए । नेपाली समाज वेल्जियमका अध्यक्ष सुवेदी कास्कीको कास्कीकोट–४ निवासी हुन् । विद्यालयमा ६५० जना विद्यार्थी अध्ययनरत रहेको र अधिकांश विद्यार्थीहरु चेपाङ समुदायका छन् । डोल भञ्ज्याङ उच्च मावि गत वैशाख १२ गतेको महाभूकम्पबाट पूर्ण क्षति भएको थियो । विद्यालयको भवन निर्माणका लागि उक्त रकम सहयोग गरिएको हो । त्यस अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका अध्यक्ष सुवेदीले विदेशमा बसेर पनि आफ्नो देशमा सहयोग ल्याउन पाउँदा अत्यन्तै खुशी लागेको बताए । कार्यक्रममा धादिङ–पोखरा सम्पर्क समितिका सल्लाहकार परिषद् सदस्य कृष्णबहादुर लम्सालले आफू धादिङ निवासी भएपनि पोखरामा रहेको र आफ्नै पहलमा सहयोग ल्याउन पाउदा अति खुशी लागेको बताए । उनले सहयोग गर्ने संस्था नेपाली समाज वेल्जियमलाई धन्यवाद एवं आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै सहयोगको अशा गरेको बताए । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुपाखेतीले विद्यालयको बारेमा जानकारी गराउँदै भूकम्पले विद्यालयको सबै भौतिक संरचनामा ठूलो क्षति पु¥याएको जानकारी दिए । उनले सहयोग पर्याप्त नभएपनि भूकम्पले लगाएको घाउमा मल्हम लागउन महत्वपूर्ण भएकाले सहयोगदाताहरु प्रति आभार व्यक्त गरे । विद्यालयका प्रधानाध्यापक ईश्वरी प्रसाद ढुङ्गानाले वेल्जियममा रहेरपनि धादिङको विद्यालयमा सहयोग गर्ने चाहना राख्नु सानो मन नुहने भएकाले सहयोगलाई विद्यालयले कहिल्यै भुल्न नसक्ने बताए । उनले सहकारले गर्नुपर्ने सहयोग नेपालीवासीबाट हुनु अति सह्रानीय काम भएको स्पष्ट पारे । कार्यक्रममा सहभागी वुर्गे वेल्जियमका अध्यक्ष सुवेदीका साथै कृष्णबहादुर लम्साल, नारायण प्रसाद तिमिल्सिना, माधव गौतम लगायतलाई विद्यालयका विद्यार्थी, शिक्षक तथा अभिभावकहरुले भव्य स्वागत गरेका थिए ।











Post a Comment

 
Top