0
गोल्डेन न्यूज संवाददाता
लायन्स क्लव अफ पोखरा पिस सिटीले स्याङ्जाको विचारी चौतारा गाविस वडा नंं. ३ काउरेका विपन्न परिवारलाई १८ वटा उन्नत जातको गाइ वितरण गरेको छ । काउरेको जिरोकिमी चोकमा सोमबार आयोजित एक कार्यक्रममा उक्त गाइहरु वितरण गरिएको हो । विपन्न वर्गका किसानको जीवन स्तर उकास्न मद्धत पु¥याउने उद्देश्यले गाइ वितरण गरिएको क्लवका अध्यक्ष टंकराज अधिकारीले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए । उनले गाइ वितरण गर्नुमात्र होइन समय–समयमा अनुगमन र उपयुक्त चिकित्सकको व्यवस्था समेत गर्ने प्रतिवद्धताजनाए । गाइ पाएपछि स्थानीय उत्साहित भएका थिए । कार्यक्रममा गाइ हस्तान्तरण गर्दै लायन्स क्लव अन्तर्राष्ट्रिय ३२५ बी १ का रिजन चियर पर्सन छवि शर्माले पिस सिटी लायन्स क्लवले उन्नत जातको गाइ वितरण गरेर विपन्न वर्गको जीवन स्तर उकास्नमा महत्वपूर्ण योगदान दिएको बताए । उनले गाइ प्रदान गरेरमात्र जिम्मेवारी पूरा नहुने भन्दै बेला–बेलामा अनुगमन एवं भरपर्दो स्वास्थ्य सेवा प्रदान गरेर सहयोग गर्नुपर्नेमा जोड दिए । स्थानीय समाजसेवी एवं नेपाली कांग्रेसका युवा नेता प्रेम पौडेलले भूकम्प पीडित विपन्न वर्गका लागि गाइ नै सहयोग गरेर लायन्सले ठूलो पुण्य मिल्ने काम गरेको बताए । गाइ हस्तान्तरण कार्यक्रमका लागि स्थानीय सामाजिक अगुवा रामबहादुर विकले संयोजन गरेका थिए । कार्यक्रममा क्लवका पूर्व अध्यक्ष प्रशान्तराज धमला, निर्देशक रमेश बाबु बराल, पत्रकार हरि पन्त लगायत सहभागी थिए ।स्याङ्जा विचारीचौताराको काउरे पोखराबाट करिब ५० किमिको दुरीमा छ । गत वैशाख १२ गतेको महाभूकम्पले त्यहाँको अधिकांश घरहरु भत्किएका छन् । भूकम्पबाट पीडित स्थानीयले अझैपनि उपयुक्त राहत पाउन नसकेको गुनासो गरेका थिए ।  

Post a Comment

 
Top