0
गोल्डेन न्यूज संवाददाता
यसवर्षको बलराम केसी स्मृति कास्की जिल्लास्तरीय रेडबुल लिगकम नकआउट फुटबल प्रतियोगिताको उपाधि संगम युवा क्लबले जितेको छ । सोमबार पोखरा रगंशालाको फुटबल मैदानमा सम्पन्न फाइनलमा संगमले एलजी एशोसिएशनलाई १–० गोलको कठिन जित निकाल्दै जिल्लास्तरीय लिग च्याम्पियन बनेको हो । निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समय २० मिनेट थप गरिएको थियो । 
थप गरिएको अतिरिक्तको १० औ मिनेटमा विश्व अधिकारीले गोल गदै गोलको खडेरी तोडदा संगमका लागी उपाधि उचाल्न निर्णायक बन्यो । खेलको सुरुवातीमा संगममाथि हावि बनेको एलजीले दोस्रो हाफमा लय गुमाउन पुग्दा गोल गर्ने थुप्रै अवसर खेर फाल्यो । निधारित समयमै  गोल गर्ने संगमको प्रयास पनि असफल हुदाँ अतिरिक्त समय कुर्न बाध्य भयो । फाइनल खेलको म्याद अफद म्याच एलजीका प्रदिप गुरुङ भए भने प्रतियोगिता भरिकै उत्कृष्ट खेलाडि संगमका रकेश गुरुङ घोषित भए । प्रतियोगिताका विजेता खेलाडीलाई कार्यक्रमका प्रमुख अतिथि कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यामबहादुर गुरुङ, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका उपाध्यक्ष एंव एन्फा कास्कीका सल्लाहकार सुनिल गुरुङ, जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष खगेन्द्र गौचन, स्वःबरालराम केसीका सुपुत्र किरण केसी, फुटबल प्रशिक्षक शम्भु केसी, एन्फा कास्कीका सल्लाहाकार आनन्द रन्जित लगायतले पुरस्कार वितरण गरेका थिए । एन्फा उपाध्यक्ष कुमार गुरुङको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा एन्फा उपाध्यक्ष मिलन गुरुङ, प्रतियोगिता संयोजक शिवकुमार गुरुङ(माया), एन्फा सदस्य रामकृष्ण गोर्खाली लगायतले बोलेका थिए ।

Post a Comment

 
Top