0
गोल्डेन न्यूज संवाददाता
पृथ्वीराजमार्ग बस सञ्चालक समिती अन्र्तगतका बस शनिबारदेखि नगुड्ने भएका छन् । पोखरामा आएको बिन्दबासिनी यातायात ब्यवशायी समितिले नयाँ बस सञ्चालन गरेको विरोधमा शनिवारदेखि पृथ्वी राजमार्ग अन्तर्गत चल्ने सम्पूर्ण बसहरु नचल्ने समितीका अध्यक्ष ऐनकुमार शाहीले जानकारी दिए । आफूहरुले विगत लामो समयदेखि यात्रुहरुलाई विभिन्न बाधा ब्यवधानका बिच पनि सुविधा दिदै आइरहदा हाल आएर यातायात ब्यवस्था विभागले मनपरी रुपमा बस सञ्चालनका लागि रुट परमिट जारी गर्दा आफूहरुलाई मान्य नभएकाले आफुहरुको समितीबाट सञ्चालन हुने वसहरु सञ्चालन गर्न असमर्थ रहेको शाहीको भनाइ रहेको थियो । यसबाट यात्रु महानुभावमा पर्न गएको असुविधा प्रति आफूहरु दुःखी रहेको समेत अध्यक्ष शाहीले बताए ।

Post a Comment

 
Top