0
गोल्डेन न्यूज संवाददाता
प्रेस चौतारी कास्कीद्वारा सञ्चालित ‘प्रेस चौतारी पत्रकारिता पुरस्कार, २०७१’ बाट पत्रकार दुर्गा भण्डारीलाई सम्मान गरिएको छ । प्रेस चौतारी नेपालको स्थापना दिवसको अवसरमा शुक्रबार पोखरामा आयोजित कार्यक्रममा नेकपा एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष सोमनाथ अधिकारी (प्यासी) ले भण्डारीलाई नगद ११ हजार १११ रुपैयाँ दोसल्ला र सम्मानपत्रले सम्मान गरे । प्रेस स्वतन्त्रता, लोकतान्त्रिक आन्दोलन र प्रेस चौतारीको संस्थागत विकासमा पु¥याएको योगदानको उच्च कदर गर्दै उनलाई सम्मान गरिएको प्रेस चौतारी कास्कीका अध्यक्ष माधब बरालले बताए । सम्मानपछि बोल्दै एमाले नेता अधिकारीले प्रेस जगतले देशको संकट समाधानलाई उत्तेेिजत बनाउने भन्दा सामान्यकरण गर्न भूमिका खेल्नु पर्ने बताइन । उनले वर्तमान प्रधानमन्त्रीले देखेका सपनालाई मूर्तरुप दिन सवैको सहयोग र साथ आवश्यक रहेको भन्दै ती राति नभएर दिउसै देखेका सपना भएकाले असम्भव नभएको स्पष्ट पारिन् । राष्ट्रपतिको संचार विज्ञका रुपमा नियुक्त भएका वरिष्ठ पत्रकार माधव शर्माले संचार क्षेत्रले सधंै खवरदारी गर्नुृपर्ने बताउँदै प्रेस चौतारीको स्थापना गर्दाका दिनहरु निकै असहज भएको भएपनि अहिले सहज अवस्था सृजना भएको स्पष्ट पारे । प्रेस चौतारी कास्कीका अध्यक्ष माधव बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष शान्ति गुरुङ, पत्रकार महासंघका केन्द्रीय सदस्यद्वय सुष्मा पौडेल, रुद्र भट, नेकपा एमाले कास्कीका सचिव दामादोर बैरागी लगायतले प्रेस चौतारी र पत्रकारिताका बारेमा आ–आफ्नो भनाइ राखेका थिए ।

Post a Comment

 
Top