0
गोल्डेन न्यूज संवाददाता
पश्चिम क्षेत्रीय प्रहरी प्रमुखको हेरफेर भएको छ । क्षेत्रीय प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक पंकज श्रेष्ठको स्थानमा नयाँ डिआईजी आउने भएका छन् । श्रेष्ठको ट्राफिक निर्देशनालयम सरुवा भएको छ । गृहमन्त्रालयले बिहीवार २२ डिआईजीको एकसाथ सरुवा गर्ने क्रममा क्षेत्रीय प्रहरी प्रमुखहरु पनि हेरफेर गरेको हो । पश्चिम क्षेत्रीय प्रहरी प्रमुखमा कमलसिंह बम आउने भएका छन् । यसैगरी केशरीराज घिमिरे पूर्व क्षेत्र प्रहरी कार्यालय , पशुपति उपाध्याय मध्य क्षेत्र प्रहरी कार्यालय, माधव नेपाल मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालय र विजयराज भट्ट सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालयमा सरुवा भएका छन् ।

Post a Comment

 
Top