0
गोल्डेन न्यूज संवाददाता
नोल सरकारका उपप्रधान एवं रक्षामन्त्री भीम रावलले संविधानको विरोध गर्नुको कुनै अर्थ नरहेको बताएका छन् । नेकपा एमाले कास्कीले शनिबार पोखरामा आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै उनले संविधानले सवैका अधिकार स्थापित गरेको भन्दै विरोध गर्नु उचित नभएको बताएका हुन् । उनले भने–‘नेपालको संविधानले कुनै विभेद गरेको छैन् त्यसैले संविधानको विरोध गर्नुको अर्थ छैन् ।’ उनले संविधानको विरोध गर्नु देशमा राजनीतिक स्थायित्व हुन नदिने षड्यन्त्र भएको बताए ।उनले संविधानमा देखिएका समस्या सहमतिको आधारमा समाधान गर्न सकिने बताए । ८ वर्ष लामो छलफल र बहसपछि संविधान निर्माणले पूर्णता पाएको भन्दै मधेशी मोर्चाले भनेजस्तो छलफल नै गर्न पाएनांै भन्ने भनाई गलत भएको बताए । ‘संविधानका बारेमा छलफलै भएन भन्ने मधेशी मोर्चाका नेताको भनाई गलत छ, ८ वर्ष लामो छलफलपछि मात्रै संविधान जारी भएको हो ।’ उनले मधेशी दलका नेताहरु देशमा स्थायीत्व भन्दा पनि अस्थिरता निम्त्याउने तर्फ उद्धत रहेको आरोप लगाए । उनले प्रदेश निर्माण जातीयताको आधारमा हुन नसक्ने पक्ष्मा एमाले दृढतापूवर्कक उभिने बताउदै एकताबद्ध भएर बसेका नेपालीलाई फुटाएर अस्थिरता निम्त्याउने खेल भैरहेको बताए । उनले संघीयता देश टुक्राउनका लागी नभएर नेपाली जनतालाई अधिकार सम्पन्न गराउन स्वीकार गरिएकोे स्पष्ट पारे । उनले देशको पहिचान गुमे कुनै जातीको पहिचान नरहने समेत बताए । 
कार्यक्रम एमाले कास्कीका अध्यक्ष कृष्ण थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।




Post a Comment

 
Top