0
गोल्डेन न्यूज संवाददाता
नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले १३ औं महाधिवेशनमा सभापति पदमा आफ्नो उम्मेदवारी घोषणा गरेकी छन् । आफूले बार्गे्निङका लागि नभई महिला नेतृत्व कायम गर्नका लागि उम्मेदवारी दिएको पनि उनले बताइन् । रिपोटर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भनिन्,–‘म यसपटक पनि ब्याक भए काग्रेसमा महिला नेतृत्व १५ वर्षपछि पर्छ ।’ आफूलाई देशभरिका कार्यकर्ताको समर्थन रहेको दावी गर्दै उनले आफैंले जित्ने पनि बताइन् । ‘१२ औं अधिवेशनमा मैले महामन्त्री त्याग गरेकै हु, सधै भरी मैले मात्रै त्याग गर्ने कुरा हुँदैन,’ उनले भनिन् । उनले पार्टी भित्र बीपीदेखि गिरिजाप्रसाद कोइराला सम्मको योगदानलाई समाप्त पार्ने ग्राईण्ड डिजाइन भइरहेको भन्दै आफू र कांग्रेसलाई पनि समाप्त पार्ने षडयन्त्र भईरहेको बताइन् । कोइरालाले पार्टीभित्र गुटबन्दी, भागबण्डा अन्त्य गरे युवाहरुलाई राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा एक्सपोजर दिलाउन पनि आफ्नो उम्मेदवारी आवश्यक रहेको भन्दै विगतमा नेताहरुले दिएको योगदान बिर्सिए काग्रेस नै समाप्त हुने चेतावनी दिइन् । उनले कोइराला परिवारको समेत आफूलाई समर्थन भएको दावी गर्दै बाहिर आएका कुराहरु गलत भएको दावी गरिन् । कोइरालाले भनिन्,–‘सशांक कोइराला, शेखर कोइरालासँग मेरो कुरा भएको छ । मलाई उनीहरुले समर्थन जनाएका छन् र बाहिर आएका कुराहरु गलत भएको आश्वास्त पारेका छन् ।
 यसैगरी कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले पनि पार्टीको सभापति पदमा दावी गरेका गरेका छन् । शनिबार रातोपाटी अनलाईसंग कुरा गर्दै उनले आफू सभापति पदमा उम्मेदवारी दिने बताएका हुृन् । उनले भने–‘नेपाली कांग्रेस प्रजातान्त्रिक पार्टी हो । डेमोत्र्mयाटिक पार्टीको जेनरल कन्भेन्सन (महाधिवेशन) मा सर्वसम्मतबाट नेतृत्व चयन गर्न पाए सवैभन्दा राम्रो हुन्थ्यो । तर १३औं महाधिवेशनको संघारमा हामी उभिइरहँदा परिस्थिती बेग्लै छ, किनकी यहाँ प्रतिस्पर्धा भइरहेको छ ।’ ‘लिडरसिपको दौडमा आकांक्षीहरु त हुन्छन् नै । कांग्रेसमा ठूला नेताका लागि एउटा मापदण्ड र सानाका लागि अर्को मापदण्ड छैन । पार्टीका लागि सबैले योगदान गरेका छन् । रामचन्द्र पौडेल अथवा शेरवहादुर देउवाको योगदान जति छ मेरो पनि त्यो भन्दा कम छैन’, उनले भने–‘मैले पनि कांग्रेसमा दशकौं योगदान गरेको छु । पार्टीको तल्लो तह साधारण सदस्यदेखि नै काम गरेर म यहाँसम्म पुगेको हुँ । नेपाल विद्यार्थी संघको सदस्य हुँदै, पटक–पटक काठमाडौं जिल्लाको पार्टी सभापति भएर मैले काम गरेँ । केन्द्रीय कार्य समितिको सदस्य भएर पार्टी उप–सभापति हुँदै यहाँसम्म आईपुगेको हो । गिरिजाबावु पार्टी सभापति हुँदा म उप–सभापति थिएँ । गएको १२औं महाधिवेशनमा राम्रो मत ल्याएर महामन्त्रीमा निर्वाचित भएँ । १३औं महाधिवेशनमा सभापति पदका लागि गंभीरतापूर्वक लागेको भन्दै नेता सिंहले ‘हामीले एउटा इफेक्टिभ टिम बनाउनुपर्छ’ भनेर लाग्दैै आएको बताए । पार्टी संस्थापनको युनिटीको नाममा कमजोर टिम बनाउने कुरा मान्न म तयार छैन । सवैभन्दा इफेक्टिभ टीम हुनुपर्यो र त्यसमा पनि विशेष गरेर सभापतिको उम्मेद्वार को हुन्छ भन्ने नै महत्वपूर्ण हुने उनले स्पष्ट पारे । उनले भने–‘१२औं महाधिवेशनमा पार्टी दिवंगत सभापति शुशिल कोईरालाले मलाई महामन्त्रीको रुपमा राख्नुभएको थियो । त्यतिवेला मेरो निकटत्म प्रतिद्वन्दीको मतअन्तर र पार्टी सभापतिको निकटत्म प्रतिद्वन्दीको मतअन्तर धेरै नै फराकिलो थियो । मैले धेरै भोट ल्याएँ । शुशिल कोईरालाको भन्दा मेरो चार भोट बढी आएको थियो । महामन्त्री नै भएता पनि मेरो पक्षमा धेरै मत आएको कुरालाई नकार्न मिल्दैन ।’ गएको कार्य समितिको इतिहाँस हेर्ने हो भने पनि मैले जहिले पनि पार्टीभित्र लड्दा उच्च मत ल्याएर जित्ने गरेको र पपुल्यारिटी भनेको भोटबाटै काउन्ट गर्नुपर्नेमा उनले जोड दिए । कांग्रेस कार्यवाहक सभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवा र महामन्त्री कृष्ण सिटौलाले यसअघि नै सभापतिमा उम्मेदवारी घोषणा गरिसकेका छन् । 
यसैबीच नेपाली कांग्रेसका नेता  खमबहादुर खड्का समूहले शेरबहादुर देउवाको टीममा उपसभापति र कोषाध्यक्ष दाबी गरेको छ । देउवा समूहले संस्थापन बाट आएका अर्जुनरसिंह केसीलाई महामन्त्रीको उम्मेदवार बनाउने भएको छ । देउवा समूहका विमलेन्द्र निधि पनि उप–सभासभापतिका आकांक्षी हुन् । एक नेताले भने,–‘खुमबहादुर दाइको उपसभापतिमा दाबी हो । त्यसो हुँदा बिमलेन्द्र मनोनित महामन्त्रीमा रहने सम्भावना छ ।’ कोषाध्यक्षमा खड्काले चित्रलेखा यादवलाई पनि अघि सारेका छन् । यसैबीच युवा नेता गगन थापा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने भएका छन् । थापाले पनि आफ्नो तयारी तीव्र पारेका छन् । थापाले सिटौलाको प्यानलबाट महामन्त्रीको उम्मेदवारी हुने तयारी गरेका हुन् । देउवा पक्षबाट ससुरा उम्मेदवार बन्ने भएपछि थापा पारिवारिक अप्ठ्यारोमा परेका छन् । ‘अब थापा पछि हट्ने अवस्थामा पनि छैनन् अघि बढ्न पनि पारिवारिक तनाव छ,’ उनीनिकट स्रोतले भन्यो । यी दुवैले एक–अर्कालाई छाड्ने सम्भावना पनि राखेका छन् । थापाले आफू कुनै प्यानलमा परे नेता केसीले छाडिदिने संकेत आएको बताउँदै आएका छन् ।






Post a Comment

 
Top