0
नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियन, पोखरा ग्रिड शाखाको इकाई अधिवेशन शनिबार कुँडहरमा सम्पन्न भएको छ । बासुदेव अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजिकरण खिमलाल पौडेलले गरेका थिए भने स्वागत मन्तव्य कपिल पौडेले दिएका थिए । अधिवेशनले कपिल पौडेललाई सर्वसम्मत  अध्यक्षमा चयन गरेको छ । समितिको उपाध्यक्षमा भुपाल गुरुङ्ग, सचिवमा प्रकाश काफ्ले र कोषाध्यक्षमा राम बहादुर प्रधान र सदस्यहरुमा लक्ष्मण ज्ञवाली, योगेन्द्र चौधरी, टोल गिरी, प्रेम कुमार राइ , भुपाल थारु, प्रकाश लुङगे तथा क्षेत्रीय प्रतिनिधिहरुमा खिमलाल पौडेल, बासुदेव अधिकारी रहेका छन् ।  कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि युनियनका केन्द्रिय सल्लाहकार राम प्रसाद खनालले प्राधिकरण भित्र युनियनले गरेका गतिविधि तथा उपलब्धि माथि प्रकाश पारेका थिए । उनले कर्मचारीहरुलाई मार्ग निर्देशन गरी प्राधिकरणलाई उन्नति तर्फ लैजानुपर्नेमा जोड दिए । कार्यक्रममा क्षेत्रीय अध्यक्ष नारायण पन्थी, केन्द्रिय सदस्य डिल्लीराम गिरी लगायतले कर्मचारीहरुको हक हित तथा प्राधिकरणको सुदृढीकरणमा काम गर्दै आईरहेको युनियनले अबका दिनहरुमा पनि सोही कार्य जारी राख्ने जानकारी गराएका थिए । उनीहरुले अब देशलाई लोडसेडिङ्ग मुक्त गराउन सम्पूर्ण क्षेत्रबाट पहल गनुपर्नेमा जोड दिएका थिए । प्रकाश काफ्ले लगायतका स्रष्टाहरुले गजल वाचन गरी कार्यक्रमको रौनक बढाए । नयाँ पदाधिकारीहरुले कर्मचारी युनियनको नियम र कर्मचारीको अनुशासन भित्र बसी काम गर्ने दृढता व्यक्त गरेका थिए ।

Post a Comment

 
Top