0
करिब ५ महिनापछि वीरगञ्जको रक्सौल नाका संचालनमा आएको छ ।  यो नाका नेपालकै प्रमुख हो । यो नाका भएर नेपालमा करिब ७० प्रतिशत सामाग्री भित्रिने गर्दथ्यो । यसअघि देशका अन्य नाकाहरु सञ्चालनमा आएपनि वीरगञ्ज नाका सञ्चालनमा आउन सकिरहेको थिएन । जनताको प्रयासमा नाकाबन्दी खुलेको भएपनि त्यसभित्र के–के कारण छन् त्यो विश्लेषणको कुरा होला तर ढिलै भएपनि नाका खुल्नुले नेपालीको जनजीवन अब सहज हुँदै जाला भन्ने आशा गर्न सकिन्छ । नाका शुक्रबारदेखि संचालनमा आएको भएपनि शनिबार पनि बन्द गर्ने प्रयास पनि नभएको होइन । हरु पनि पूर्ववतरुपमा सञ्चालनमा आउन सकेका छैनन् । तर पनि वीरगञ्जबाहेकका नाकाहरु कामचलाउ रुपमा सञ्चालनमा आइसकेका छन् । असोज ३ गते संविधान जारी भएपछि असोज ६ गतेदेखि नाकाबन्दी गरिएको थियो । शुरुमा भारतले नाकाबन्दी गरेकोमा मधेशकेन्द्रित दलहरुले त्यसमै बहाना थपिदिएपछि नाकाबन्दी कसिलो बन्न पुगेको थियो । भारतले बन्द गरेका अन्य नाका खुले पनि मधेशी दलहरुले बढी जोडबल लगाएको वीरगञ्ज नाका नखुल्दा जनजीवन सामान्य बन्न सकिरहेको थिएन । कलकत्ता बन्दरगाहको सिधा रुट पर्ने वीरगञ्जबाट नै नेपालमा सत्तरी प्रतिशत सामान भित्रिने भएकाले पनि यो नाका नखुल्दा देशको समग्र अवस्थामा ठूलो समस्या परिरहेको थियो । यसले गर्दा देशका अन्य क्षेत्रको अवस्था त संकटग्रस्त बनेको छ नै, स्वयं वीरगञ्ज र तराई मधेशको अवस्था अझ दयनीय बनिरहेको थियो । अब विस्तारै सहज हुनेछ भन्ने आशा गर्न सकिन्छ । सामान्यतः नाकाबन्दी आन्दोलनको एक अमानवीय स्वरुप हो । तराई मधेशका दलहरुले उठाएका आवाज गलत होलान् तर कुनै भूभागमा जबर्जस्ती थुनछेक गरेर आफ्नो अधिकार माग्नु कम्तिमा एक्काइसौं शताब्दीमा सुहाउने कुरा थिएन । छिमेकी देशको हस्तक्षेपकारी रवैयालाई खुलेआम स्वागत गर्दै देशभित्र बस्नेहरुले देशभित्रकै नागरिकमाथि यति चरम अत्याचार गर्नु सुहाउने कुरा हुँदै होइन । मधेशमा समस्या छ, मधेशी जनता अधिकार चाहन्छन् तर केही मधेशी दलहरुले मधेश आन्दोलनका नाममा अधिकार माग्न जुन हतियार प्रयोग गरे, त्यसले मधेश आन्दोलनलाई पनि पछाडि धकेलेको छ । योसंगै लामो समयदेखिको आन्दोलन पनि स्थगन हुने संकेत देखिन्छ । मधेशवादी दलहरु सत्ताधारीबाट केही आश्वासन पाएरै आन्दोलन स्थगन गर्ने निर्णयमा पुगे होलान्, तर अब उनीहरुको जायज मागलाई पुरा गर्न ढिलाई गर्नुहुन्न । मधेवादी दहरुपनि नेपाली नै हन्, उनीहरुलाई सौताको व्यवहार नगरियोस् ।  
महाभूकम्प, नाकावन्दी र लामो मधेश आन्दोलनले कृषि लगायत समग्र क्षेत्र दयनीय अवस्थामा छ । ढिलो भएपनि नाकाबन्दी खुलेको छ, मधेश आन्दोलन पनि टुङ्गिने अवस्थामा पुग्ने निश्चित छ । यसलाई सदुपयोग गर्दै सबैको चित्त बुझाएर अघि बढ्नु सरकार तथा प्रमुख दलहरुको दायित्व हो । मधेशवादी दलहरुले यो वा त्यो वाहनामा मुलुकलाई वर्वादीमा लैजाने कोशिष गर्नुहुँदैन । अब सबै दलहरु एकै ठाउँमा आएर मुलुकको समस्या समाधान तर्फ लाग्नु अहिलेको अपरिहार्य आवश्यकता हो । यदि अब पनि दलहरुमा चेतना आएन र अनावश्यक बखेडामा अल्झिरहन पुगे भने मुलुक अझै दशकौं पछि धकेलिने निश्चित छ । नेपाली जनताको करिब १ दशकदेखिको सफना संविधानले पुरा गरेको छ, ढिलो भएपनि नाकाबन्दी खुलेको छ । अब राजनीतिक क्रान्ति लगभग पूरा भएको छ । दलहरु गम्भीर एवं एकतावद्ध भएर भूकम्पका कारण अस्तव्यस्त भएको मुलुकमा विकास निर्माणलाई एकसूत्रीय नारा बनाउन जरुरी छ । दलहरु मुलुकको विकासमा केन्द्रित हुन जरुरी छ र चुनावको बेला जनतामा बाँडेको सपनालाई पुरा गर्नतर्फ लाग्नु आजको अपरिहार्य आवश्यकता पनि हो । मुलुकको विकासमा सबै दलहरु एकतावद्ध नुहने हो भने केही पनि गर्न सकिन्न भन्ने यसअघिको घटनाक्रमलाई मनन गरि अघि बढ्न अब ढिलाई गर्नुहुन्न । मुलुकको टड्कारो आवश्यकता पनि यहि हो ।

Post a Comment

 
Top