0
गोल्डेन न्यूज संवाददाता
युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल) र रोटरी क्लब अफ पोखरा अन्नपूर्णको आयोजनामा  शनिबार भएको निःशुल्क मधुमेह परीक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा तीन सय १७ जनाले मधुमेह परीक्षण गरेका थिए । पोखराको पार्दीस्थित सञ्चयकोष आवास उपभोक्ता समिति, सञ्चय कोष टोल विकास संस्था, परावृत्ति युवा क्लब र सञ्चयकोष आवास खेलकुद तथा सांस्कृतिक समितिको सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको हो । रोटरी क्लब अफ पोखरा अन्नपूर्णको १०औं वार्षिकोत्सवको अवसर पारेर आयोजित कार्यक्रममा मधुमेह, थाइराइड तथा हर्माेन रोग विशेषज्ञ डा. तीर्थलाल उपाध्यायले कम व्यायम, खानपिनमा लापरवाही र मानसिक तनावले मधुमेह बढिरहेको बताए। उनले नेपालमा करिव ६ लाख मधुमेहका बिरामी रहेको उल्लेख गर्दै यसलाई न्यूनीकरण गर्न सबै सचेत हुनु पर्ने उल्लेख गरे।युआरएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले युआरएलले हालसम्म १६ निःशुल्क शिविर गरी करिब साढे छ हजारलाई निःशुल्क सेवा दिएको बताए। उनले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै भविष्यमा पनि यस खालका प्रयासलाई निरन्तरता दिइने जानकारी दिए।मधुमेही समाज कास्कीका अध्यक्ष कृष्णप्रसाद बरालले युआरएललगायत केहीले मधुमेहका बिरामीलाई विशेष छुट दिने निर्णय गरेको जानकारी दिए। रोटरी क्लब अफ पोखरा अन्नपूर्णका अध्यक्ष कल्याण कर्माचार्यको अध्यक्षतामा भएको कार्यक्रममा धन्यवाद ज्ञापन उपाध्यक्ष बाबुराम बराल र सञ्चालन सचिव देवेन्द्र बास्तोलाले गरेका थिए।

Post a Comment

 
Top