0
गोल्डेन न्यूज संवाददाता
पोखरा लेडि जेसीजले कुष्ठरोग दिवसको अवसर पारेर बुधबार पोखराको टुटुङ्गामा रहेको आरोग्य आश्रम खाद्यान्न वितरण गरेको छ । जेसीजका अध्यक्ष प्रमिला सुवेदीको नेतृत्वमा गएको टोलीले आश्रममा रहेका १४ जना कुष्ठरोग पीडितलाई ३२ हजार ५ सय रुपैयाँ बराबरको खाद्यान्न वितरण गरेको हो । त्यस अवसरमा बोल्दै अध्यक्ष सुवेदीले मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य भएकाले महायज्ञमा दान, मन्दिरमा भेटी भन्दापनि यस्तै पीडित र असहायलाई सहयोग गर्नुनै मानव धर्म भएको बताइन । गण्डकी मेडिकल कलेजका चर्मरोग विशेषज्ञ एसिस्टेन प्रा.डा.सरस्वती न्यौपानेले छाला सम्वन्धी कुनैपनि रोगको उपचारका लागि आफू सकारात्मक रही सेवा गर्न तयार रहेको बताइन । उनले आवश्यक परेमा आफ्नो निजी समय कुष्ठ पीडितहरुलाई दिने समेत स्पष्ट पारिन् । साल्ट ट्रेडिङ कर्पोेरेसन पोखराका कार्यालय प्रमुख सुरेशराज भण्डारीले नुनमा रहेको आयोडिनको कमिले मानिसमा गर्भावस्थादेखि बृद्ध हुँदासम्मपनि असर गर्ने बताउँदै ओरोग्य आश्रमका कुष्ठरोगीलाई सहयोग गर्न पाउँदा खुसी लागेको बताए । शितल इन्टरप्राईजेजका व्यवस्थापक राजेन्द्र गुप्ताले सामाजिक काममा पोखरा लेडि जेसीज सधैं अगाडि रहेको बताए । नेपाल कुष्ठ रोग निवारण संघका अध्यक्ष नारायण शर्माले लेडी जेसीजले आफ्नो वार्षिक कार्यक्रममा नै समावेश गरी आश्रमको आवश्यकता अनुसार खाद्यान्न सामग्री उपलब्ध गराएकोमा धन्यवाद ज्ञापन गरे । लेडि जेसीजले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम गर्दै आएको छ । लेडी जेसीजको नयाँ नेतृत्व पाएसंगै पहिलो कार्यक्रम आश्रममा सहयोग गरिएको लेडि जेसीजका अध्यक्ष प्रमिला सुवेदीले जानकारी दिइन् । कार्यक्रममा नेपाल कुष्ठ रोग निवारण संघका प्रशाकीय अधिकृत टेकमान प्रधानाङ्ग, सचिव मुक्ति शर्मा, पोखरा लेडि जेसीजका पूर्व अध्यक्ष एवं नेपाल जेसीजको वर्ष २०१४ का कार्यकारिणी उपाध्यक्ष संगीता पौडेल लगायतले आ–आफ्नो भनाइ राखेका थिए । कार्यक्रम संयोजक विनिता सापकोटाले स्वागत मन्तव्य, जेसीज आस्थापाठ लक्ष्मी पाण्डे, धन्यवाद संजिता अधिकारी र कार्यक्रम सञ्चालन सचिव रेनु थापाले गरेकी थिइन् । कार्यक्रममा विनिता सापकोटा, लक्ष्मी अधिकारी, गायत्री फूयाल, साल्ट ट्रेडिङ कर्पोरेशन, शितल इन्टरप्राईजेज, जानकी एग्रो प्रोडक्ट प्रालिले खाद्यान्न सामग्री सहयोग गरेका थिए ।






Post a Comment

 
Top