0
गोल्डेन न्यूज संवाददाता
कास्की कालिका घरभई पोखरा आई बसोबास गरेका कालिका बासीले कृष्ण केसीलाई जिताउने अभियान सञ्चालन गरेका छन् । नेपाली कांग्रेसको १३औ महाधिबेसनमा केसी कास्की कांग्रेसको अध्यक्षका उमेद्वारी दिने तयारीमा छन् । केसीलाई जिताउन कालिकाबासीले अभियान नै अगाडि बढाउने बताएका छन् । केसीले कास्कीका चारै क्षेत्रमा आफ्नो प्रचार प्रसार अगाडि बढाइ रहेको केसीले बताए । केसी देश र कांग्रेसको भविष्य सगँ जोडिएले १३ औं अधिबशनमा युवा पुस्ता र सामाजिक जिम्मेवारी सहितको नेतृत्व आवश्यक रहेको बताए । उनले युवाहरु देश निमार्णमा कठिन सक्ने बतउँदै त्यसका लागि आफूलाई सहयोग गर्नुपर्ने बताए ।कार्यक्रममा विश्वमोहन अधिकारी, माधव अधिकारी, विश्वरमण अधिकारी, जित नेपाली, कृतीवल्भ त्रिपाठी, होमनाथ पौडेल, मुक्ती अधिकारी, डाल्डादेबी भुजेल, हुमनाथ पौडेल, देबी कुइँकेल लगायतले कालिकाको सात र इज्जत सहित चुनावमा जिताउन लाग्ने बताए । कार्यक्रम नेपाली कांग्रेस कालिका गाउँ इकाई सभापति भानुभक्त ढकालको सभापतित्वमा भएको थियो भने सचिब राजेश अधिकारीले सञ्चालन गरेका थिए । अधिवेशनमा सभापतिको आकांक्षी केसी कास्की कांग्रेसका वर्तमान सचिव हुन् ।

Post a Comment

 
Top