0
नेपालका कम्युनिष्ट पार्टीले नेपाली कांग्रेस ‘पारिवारिक विरासत’ मा चलेको पार्टी भनेर आरोप लगाउँछन् । व्यवहारिक रुपमा हेर्दा पनि त्यस्तै–त्यस्तै देखिन्छ । २००३ सालमा कांग्रेस स्थापना भएदेखि अहिलेसम्म हेर्ने हो भने कांग्रेसको नेतृत्व अधिकांश समय कोइराला परिवारले गरेका छन् । प्रक्रिया सुरु भएको १३ औं महाधिवेशनबाट ‘विरासत’ जोगाई नेतृत्वमा पुग्न लाग्नेहरु पनि देखिन्छन् । त्यसमा पनि धेरै कोइराला परिवारकै छन् । कांग्रेसका अन्य नेताका सन्तान पनि विरासत थाम्न कस्सिएका छन् ।
को–को छन त ’पारिवारिक विरासत’ जोगाउनुपर्ने बाध्यातामा ?
१. प्रा.डा.शशाङ्क कोइराला ः कांग्रेसका सस्थापक नेता तथा कांग्रेसका सभापति बनेका विश्वेश्वरप्रसाद कोइरालाका कान्छा छोरा शशाङ्क अहिले कांग्रेसको केन्द्रीय सदस्य छन् । उनले २०६४ र २०७० मा भएको संविधानसभा निर्वाचनमा नवलपरासी क्षेत्र–१ बाट चुनाव जितेका छन् । ११औं महाधिवेशन पछि बनेको कांग्रेस केन्द्रीय समितिमा पनि उनी कार्यसमिति सदस्य थिए । पार्टीको स्वास्थ्य विभाग प्रमुख समेत रहेका कोइरालाले पछिल्लो समय कांग्रेस विपीको सिद्धान्तबाट विचलित हुन लागेको भन्दै विपीको सिद्धान्तलाई निरन्तरता दिएर पार्टीलाई सशक्त बनाउन आफु नेतृत्वमा पुग्नुपर्ने बताउँदै आएका छन् । हिले १३ औं महाधिवेशनमा महामन्त्रीको दावी गरिरहेका छन् उनले । बर्तमान सभापति सुशील कोइरालाले पनि उनलाई महामन्त्रीको उम्मेद्वार बनाउन चाहिरहेका छन्, तर अलि जुनियर भएको भन्दै पार्टीभित्र र त्यसमाथि संस्थापन पक्षमा उनको आलोचना भइरहेको छ । उनी अहिलेसम्म सरकारमा सहभागि भएका छैनन् ।
२. सुजाता कोइराला ः नेपालमा २०४६ सालमा प्रजातन्त्र पुर्नवहाली भएपछि अधिकांश समय कांग्रेस र सरकारको नेतृत्वमा रहेका गिरिजाप्रसाद कोइरालाकी एक मात्र छोरी सुजाता बर्तमान केन्द्रीय समितिकी सदस्य र पार्टीको अन्र्तराष्ट्रिय विभाग प्रमुख हुन् । १२ औं महाधिवेशन पछि नै पदाधिकारीको दावी गरेकी सुजाताले यस पटक कांग्रेसमा गिरिजाको विरासत जोगाउन भन्दै सभापतिमा आफ्नो उम्मेदवारी दावी गरिसकेकी छन् । विराटनगरमा जीपी फाउण्डेसनले् गरेको कार्यक्रममा उनले आगामी महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने बताएकी हुन । तर, उनको त्यो उम्मेदवारी घोषणा पदाधिकारीमा बार्गे्निङ रहेको उनी निकटस्थहरु बताउँछन् । 
निकट स्रोतका अनुसार महाधिवेशन अघि विधान संशोधन भएर उपसभापतिको संख्या बढाइएमा महिला उपसभापति, त्यो नभए महामन्त्री र त्यो पनि नहुँने अवस्था आएमा कोषाध्यक्षमा आफ्नो स्थान सुरक्षित गर्ने ध्याउन्नमा सुजाता लागिरहेकी छन् । पहिलो संविधानसभामा मोरङ–१ बाट पराजित सुजाता अहिले समानुपातिक तर्फकी सांसद हुन । तर, राजनीतिक अडान नभएको घरवार विदेशीसँग गरेको र छोरीलाई पनि विदेशीलाई नै जिम्मा लगाएको भन्दै उनको आलोचना पार्टी्भित्रै हुने गरेको छ । त्यसमाथि गिरिजाले आफ्नो अन्तिम समयमा सिनियर नेताहरुलाई पाखा लगाएर एमाले नेता माधवकुमार नेपाल नेतृत्वको सरकारमा सुजातालाई उपप्रधान सहित परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिएर नेतृत्व गरेर पठाएपछि व्यापक आलोचना भएको थियो । ‘बोलीको टुंगो’ नभएकी सुजातालाई पार्टीको पदाधिकारी बनाइएमा पार्टीको वेइज्जत हुने तर्क गर्नेहरु पनि कांग्रेसमा प्रशस्तै छन् ।
अहिले कांग्रेसमा मधेसको जल्दोबल्दो नेताका रुपमा चिनिने विमलेन्द्र निधि मधेसका नेता महेन्द्र नारायण निधिको छोरा हुन् । कांग्रेस सस्थापक विपी कोइरालाका विश्वासपात्र र कांग्रेस महामन्त्री बनेका महेन्द्र नारायणका छोरा विमलेन्द्र कांग्रेस भ्रातृसस्था नेपाल विद्यार्थी संघको २०३६ फागुन २९ र ३० मा जनकपुरमा भएको तेस्रो महाधिवेशनबाट अध्यक्ष बनेका थिए ।
३. विमलेन्द्र निधि ः अहिले कांग्रेसमा मधेसको जल्दोबल्दो नेताका रुपमा चिनिने विमलेन्द्र निधि मधेसका नेता महेन्द्र नारायण निधिको छोरा हुन । कांग्रेस सस्थापक विपी कोइरालाका विश्वासपात्र र कांग्रेस महामन्त्री बनेका महेन्द्र नारायणका छोरा विमलेन्द्र कांग्रेस भ्रातृसस्था नेपाल विद्यार्थी संघको २०३६ फागुन २९ र ३० मा जनकपुरमा भएको तेस्रो महाधिवेशनबाट अध्यक्ष बनेका थिए । २०४६ सालमा भएको आन्दोलनबाट प्रजातन्त्रको पुनःबहाली भएपछि पटक–पटक मन्त्री बनेका निधिले कांग्रेसको महामन्त्रीको जिम्मेवारी समेत सम्हालीसकेका छन् । धनुषा जिल्लाका स्थानीय बासिन्दा निधि दुई पटककै संविधानसभाको चुनावमा धनुषा–३ बाट विजयी भएका थिए । नेता देउवाले पार्टी फोडेर कांग्रेस प्रजातान्त्रिक गठन गर्दा उनीतिरै गएर महामन्त्री बनेका निधि कांग्रेस एकीकरण भएपछि पनि महामन्त्री बने । कांग्रेसको १२औं महाधिवेशनमा प्रकाशमान सिंहसंग महामन्त्रीमा पराजित निधि १३ औं महाधिवेशनका लागि पनि महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन् । मधेसमा महेन्द्र नारायणको अस्तित्व जोगाउनका लागि आफू कांग्रेसको पदाधिकारी बन्नु पर्ने उनको तर्क रहदै आएको छ ।
४.प्रकाशमान सिंह ः २०४६ सालमा निरंकुश प्रञ्चायती शासन फाल्न कांग्रेसको नेतृत्वमा कम्युनिष्ट सहितको संयुक्त आन्दोलनको नेतृत्व गरेका लौह पुरुष गणेशमान सिंहका छोरा हुन प्रकाशमान सिंह । गणेशमान सिंह कांग्रेसका सस्थापक मध्यका एक पनि हुन । आफ्ना बाबुको नाममा कांग्रेस भ्रातृसस्था नेविसंघबाट राजनीतिक यात्रा सुरु गरेका प्रकाशमान सिंह प्रजातन्त्रको पुर्नबहाली पछि पटक पटक मन्त्री बनेका छन् । नेता शेरबहादुर देउवाले पार्टी फोडेर कांग्रेस प्रजातान्त्रिक गठन गरेपछि उनीतिरै लागेर उपसभापति बनेका सिंह, कांग्रेस एकिकरण भएपछि पनि पार्टीको उपसभापति बने । १२औं महाधिवेशनमा नेता देउवालाई त्यागेर सुशील कोइरालाको प्यानलबाट महामन्त्रीमा चुनाव लडि विजयी बनेका सिंह अवको महाधिवेशनमा पनि पदाधिकारीका आकाक्षी हुन । सकभर सभापति नभए पुनः महामन्त्री दोह¥याउने लविङमा रहेका सिंहले आफ्ना बाबु गणेशमानले कांग्रेसमा रहेर मुलुकका लागि पु¥याएको योगदानको कदर गर्दै आफुलाई पदाधिकारीको उम्मेदवार बनाउनु पर्ने दावी गर्दै आएका छन् । सुशील कोइरालाको नेतृत्वमा उपप्रधान सहित स्थानीय विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका सिंहको कार्यशैलीलाई लिएर पार्टीमा व्यापक आलोचना भएको थियो । जसका कारण उनलाई अहिलेको महाधिवेशनमा अफ्टयारो रहेको विश्लेशष गर्न थालिएको छ ।
५. मोहम्मद अफताव आलम ः कांग्रेसका मधेसका अगुवा नेता शेख इद्रिसका छोरा मोहम्मद अहिलेको केन्द्रीय कार्यसमितिको सदस्य छन् । पहिलो संविधानसभामा जितेका मोहम्मत दोस्रो संविधानसभामा पराजित भए । पटक पटक सांसद र मन्त्री भएका आलम मधेसका ‘जव्वर’ नेताका रुपमा चिनिन्छन् । आगामी महाधिवेशमा अल्पसंख्यक समुदायको भएकाले पार्टी पदाधिकारीमा पुग्नु पर्ने उनको तर्क रहँदै आएको छ ।
६. लिला कोइराला ः नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा २०१५ सालको संसदका सदस्य सरोज कोइरालाकी श्रीमति हुन लिला कोइराला । बर्तमान कांग्रेसको केन्द्रीय समितिमा सदस्य र सांसद रहेकी कोइरालालाई सहिद पत्नीका रुपमा कांग्रेसले सम्मान गर्दै आएको छ । आगामी महाधिवेशनमा पनि आफ्ना पतिको योगदानलाई सम्मान गर्न आफु केन्द्रीय समितिमा पुग्नु पर्ने तर्क लिलाको छ ।
७. प्रा.डा. चन्द्रमोहन यादव
नेपालको पहिलो राष्ट्रपति डा.रामवरण यादवका छोरा हुन प्रा.डा. चन्द्र मोहन यादव । पहिलो संविधानसभामा आफ्ना वाबु राष्ट्रपति बनेपछि खाली रहेका धनुषा–२ मा कांग्रेसको तर्फबाट चुनाव लडेर पराजित भएका यादव दोस्रो संविधानसभामा त्यही क्षेत्रबाट चुनाव लडेर विजयी भएका हुन । आगामी महाधिवेशनमा केन्द्रीय सदस्यका दावेदार हुन उनी । प्राध्यापन गरिरहेका चन्द्रमोहन बाबु राष्ट्रपति बनेपछि बाबुको विरासत जोगाउनका लागि आफु राजनीतिमा होमिन निर्णय गर्दै सांसद लडेका थिए । अव त्यसलाई निरन्तरता दिने योजनामा चन्द्रमोहन लागि रहेका छन् । उनी मात्रै होइन रामवरणको विरासत थाम्नका लागि भतिजी किरण यादव पनि लागिरहेकी छिन् । उनी अहिले प्रत्यक्ष जितेर सांसद बनेकी छिन् । आगामी महाधिवेशनमा मधेसी महिला कोटाबाट केन्द्रीय सदस्यको तयारीमा छन् ।
८. अम्विका बस्नेत
कांग्रेस सस्थापक विश्वेश्वर प्रसाद कोइराला र गिरिजाप्रसाद कोइरालाका विश्वास पात्र तथा कांग्रेसले सशस्त्र युद्ध गर्दा मुक्ति कमाण्डर रहेका शिवध्वज बस्नेतकी छोरी हुन अम्विका बस्नेत । १२ औं महाधिवेशनमा महिला कोटाबाट केन्द्रीय सदस्य जितेकी अम्विका पहिलो र दोस्रो संविधानसभामा समानुपातिक तर्फकी सांसद हुन । उनी कांग्रेसको भ्रातृसस्था महिला संघको सभापतिको जिम्मेवारी समेत सम्हाली सकेकी छन् ।
स्रोत ः रातोपाटी

Post a Comment

 
Top