0
गोल्डेन न्यूज संवाददाता
अमेरिकी राजदूतावासको आर्थिक सहयोगमा कमिनिटीज, अर्गनाईज्ड फर राइटस् एन्ड इक्वालिटी (कोर) ले पोखरामा आइतवार र सोमवार पोखरामा अभिमुखिकरण कार्यक्रम आयोजना ग¥यो । कार्यक्रममा विद्यार्थी, सर्वसाधारण, शिक्षक, प्रहरी तथा सेनाका प्रतिनिधि, पत्रकार लगायतको सहभागिता थियो ।  कार्यक्रममा सहभागीहरुले लैङ्गिक तथा यौनिक अल्पसंंख्यीय क्षेत्रमा कष्टकर रुपमा जीवन बिताउदै आएकाहरुलाई समाजले स्वीकार्नु पर्नेमा जोड दिए । समाजमा तेश्रो लिंगीलाई हेर्ने दृष्टिकोणवारे कार्यक्रम केन्द्रित गरिएको थियो । समाजले तेश्रो लिंगीलाई कसरी हेरेको छ ?, उनीहरुलाई समाजमा वाच्न कति गाह्रो छ ? भन्ने मुद्धामा नै कार्यक्रम केन्द्रित रहेको थियो ।
कार्यक्रममा ब्रिटिस काउसिलका फ्यासिलिएटेटर डा.प्रणय राईले सहजीकरण गरेका थिए । उनले विभिन्न चरणमा एलजीबीटीआईवारे प्रकाश पारेका थिए । डा.प्रणयले समाज र तपाई, सामाजिक लैंगिकताको परिणाम र उत्तरदायित्व तेश्रो लिंगीलाई समाजले हेर्ने दृष्टिकोणवारे आ–आफ्नो क्षेत्रबाट बुझ्नु र बुझाउनुपर्ने कुरामा जोड दिएका थिए । उनले कार्यक्रममा सहभागीहरु लाई विभिन्न समूहमा विभाजन गरि समाज र नागरिक, सामाजिक लैंगिकता निर्माण, आइसी आइएम ओडीको लैंगिक नीति तथा उत्तरदायित्व, समाजमा पुस्ताको अन्तर र लिङ्ग र लैंगिक छुट्याउने तरिका बारे जानकारी गराएकी थिए । कार्यक्रममा यौनिक अल्पसंख्यक, यौनिक व्यवहार, तेस्रो लिंगी, लैंगिक पहिचान, पुरुष तथा महिला समलिंगीको सम्बन्ध लगायत ४८ वटा विषयशीर्षक माथि समूहगत रुपमा छलफल भएको थियो । कोरले देशका विभिन्न स्थानमा एलजीबीटीआई (लेज बेन, गे, बायो सेक्सुअल, ट्रान्जेन्डर, इन्टर सेक्स) सम्वन्धी कार्यक्रम गर्दै आएको छ ।

Post a Comment

 
Top