0
गोल्डेन न्यूज संवाददाता
प्राज्ञिक विद्यार्थी परिषद् नेपाल, पोखरा नगर परिषद्ले आयोजना गरेको नेपाली संस्कृति ज्ञान परीक्षामा चिसाखोला वेद विद्याश्रमका केशव खनाल प्रथम भएका छन् । कास्की जिल्ला भरका ५० विद्यालयका नौ सय २४ जना विद्याथीलाई पछाडि पार्दै खनालले २५ हजार १११ रुपैयाँ नगद पुरस्कार जित्न सफल भएका छन् ।यसैगरी परीक्षामा अमरसिंह उच्च माविका सुवर्ण गिरीले द्वितीय स्थानसहित २० हजार १११ र सैनिक आवासीय महाविद्यालयका उज्ज्वल केसीले तृतीय स्थान प्राप्त गरी १५ हजार १११ रुपैयाँ नगद पुरस्कार जित्न सफल भए । यसैगरी परीक्षामा अञ्जली आवासीय माविकी निशा गुरुङ र भद्रकाली उच्च माविका सुशिल कुमार खड्काले जनही पाँच हजार १११ हात पारे । परीक्षाको पुरस्कार वितरण समारोहका प्रमुख अतिथि डा. श्रीकृष्ण अनिरुद्र गौतमले यस्ता नेपाली संस्कृति ज्ञान परीक्षाले आम नेपाल र नेपालीको संस्कृतिको बारेमा विद्यार्थीहरुलाई जानकारी गराउन ठूलो महत्व राख्ने बताए । साथै उनले यस्ता परीक्षाहरु आगामी दिनमा पनि सञ्चालन आवश्यक रहेको धारणा व्यक्त गरे । उक्त परीक्षा सफल पार्नका लागि सिजी हाडवर्यर रत्नचोकले द्वितीय पुरस्कार, समाजसेवी राजकुमारी विश्वकर्माले तृतीय पुरस्कार, श्रीकृष्ण कल्याण महिला समूह पोखरा–९ र शंखर खरालले सान्त्वना पुरस्कार प्रायोजन गरेर सहयोग गरेका थिए भने वडा प्रहरी कार्यालय बगरले सुरक्षा व्यवस्थामा सघाउ पु¥याएको थियो । पोखरा नगर परिषद्का अध्यक्ष डा.काशिनाथ कडेँलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव मिलन अधिकारीले गरेका थिए ।

Post a Comment

 
Top