0
गोल्डेन न्यूज संवाददाता
नेपाल खानेपानी संस्थान पोखराका प्रमुख इन्जिनियर निरण महर्जनले उपभोक्ताको हितमा संस्थानले जहिले पनि तदारुकताका साथ कार्य गर्ने बताएका छन् । संस्थानको २७औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा कार्यालय प्रमुख महर्जनले करार र स्थायी कर्मचारी दुवैको समान भूमिका भएको भन्दै व्यक्ति भन्दा संस्था र उपभोक्ताको सेवामा तल्लिन हुन अनुरोध गरे । संस्थानको वार्षिकोत्सवको अवसरमा कार्यालय परिषद पार्दीमा विभिन्न प्रजातिका विरुवा बृक्षरोपण गर्दैै कार्यालयको सुन्दरताले सकारात्मक भावनाको विकास गर्नेमा जोड दिए । उपभोक्ताको माग पुरा गर्न नसकोमा चिन्ता व्यक्त गर्दै कार्यालय प्रमुख महर्जनले २६ वर्षमा पुरा नभएको काम २७औं वर्ष भित्र पुरा गर्न सबैको सहयोगको अपेक्षा व्यक्त गरेका थिए । वार्षिकोत्सव कार्यक्रममा अवकास प्राप्त कर्मचारी किशोरमान उदास र राम्जीप्रसाद कोइरालालाई विदाई समेत गरिएको प्रशासन प्रमुख शिवराज भण्डारीले जानकारी दिए । नेपाल खानेपानी संस्थान कर्मचारी संघका इकाई अध्यक्ष विष्णुप्रसाद रेग्मीको सञ्चालनमा रहेको कार्यक्रममा विन्ध्यवासिनी इकाई प्रुमुख दिनेश्वरप्रसाद यादव, सहायक सम्पत्ति अधिकृत कमला थापा, लेखा प्रमुख जिवनाथ ज्ञवाली, खानेपानी संस्थान कर्मचारी संगठनका केन्द्रीय सल्लाहकार कृतिनाथ देवकोटा, राष्ट्रिय कर्मचारी संगठन नेपाल खानेपानी संस्थानका प्रतिनिधि हरि पौडेल लगायतले उपभोक्ताको हितसंगै कर्मचारीको बृद्धि विकासमा व्यवस्थापनले समान ढंगले अगाडि बढ्न आग्रह गरेका थिए । संस्थानको देशभर रहेको २२ वटै शाखा कार्यालयमा संस्थानको वार्षिकोत्सव मनाएका छन् । ६ सय ५० कर्मचारी रहेको संस्थानको २७ औं वार्षिकोत्सवको अवसरमा उत्कृष्ठ कर्मचारीलाई पुरस्कृत र ग्रेड थपगरी प्रदान समेत गरिएको संस्थानले जनाएको छ । ग्रेड थप हुनेमा दिनेश्वर प्रसाद यादव, खेमबहादुर बोहरा र जगन्नाथ गौतम रहेका छन् भने पुरस्कृत हुने कर्मचारीहरुमा बसन्तराज भण्डारी, केदार धमला, चुणामणी अधिकारी र लोकबहादुर घले रहेको प्रशासन प्रमुख शिवराज भण्डारीले जानकारी दिए । वार्षिकोत्सवको अवसरमा कार्यालय परिसर सरसफाई समेत गरिएको थियो ।





Post a Comment

 
Top