0
गोल्डेन न्यूज संवाददाता
पोखरा–८ सिमलचौरमा रहेको पिसजोन एकेडेमीले आफ्नो स्थापनाको १२औं वार्षिकोत्सव शनिवार विविध कार्यक्र्रमको अयोजना गरी मनाएको छ । पोखरा सभागृहमा आयोजित कार्यक्रमको शुभारम्भ  प्रमुख अतिथि वरिष्ठ कलाकार गोपाल श्रेष्ठले गरे ।  श्रेष्ठले अरु विद्यालयभन्दा पृथक् शैक्षिक संस्कार शिक्षा सिकाएको पिसजोनबाट धेरै गुणहरु अनुकरणयोग्य रहेको बताए । उनले पिसजोनको शैक्षिक वातावरण र संस्कारलाई पोखराका अरु विद्यालयले पनि सिक्न जरुरी रहेको धारणा राखे । वार्षिकोत्सवमा विद्यालयका प्रमुख व्यवस्थापक तथा संस्थापक योगन्द्र शर्मा दाहालले  विद्यार्थीहरुको चरित्र निर्माणमा आफूले सक्दो प्रयास गरेको जनाए । कार्यक्रममा विद्यालयमा पु¥याउने शिक्षकद्वय भाष्कर शर्मा दाहाल, विकास वान्तवा राई र शिक्षिका हरिप्रिया शर्मालाई दीर्घ सेवा पदक, बाट १५ हजार रुपैयाँ र दोसल्लाले सम्मान गरिएको थियो । 
सो अवसरमा पश्चिमाञ्चल क्षेत्रको लोकसङ्गीतको संरक्षणमा योगदान पु¥याएका पोखरा १६ निवासी सारङ्गीवादक खीम बहादुर गन्दर्भलाई  नगद १५ हजार रुपैयाँ, दोसल्ला र प्रमाणपत्रले सम्मानित गरिएको थियो । त्यसैगरी विद्यालयमा कार्यरत रहँदा दिवङ्गत हुन पुगेका शिक्षिका तारा केसी र कर्मचारी सुरज सुब्बालाई मरणोपरान्त सम्मान स्वरुप उनीहरुका परिवारलाई  १५ हजारले सम्मानित गरिएको थियो । कार्यक्रममा विद्यालयका सल्लाहकार विश्वनाथ बरालको स्मृतिमा उनका परिवारले स्थापना गरेको विश्वनाथ स्मृति जेहेन्दार पुरस्कारबाट–२०७१ सालको परीक्षामा विद्यालयबाट ९०.७५ प्रतिशत अङ्क ल्याई प्रथम हुने  छात्र आििशष रेग्मीलाई २० हजार नगदले सम्मान गरिएको थियो । यसैगरी विद्यालयबाट २०७० को एसएलसीमा सर्वोत्कृष्ट अङ्क ल्याउने समीप भट्टराईलाई विद्यालयले सम्मान गरेको थियो । सो अवसरमा वर्ष विद्यार्थी २०७२  छात्रा सीम्रन थापा र अनमोल बराल घोषित भएका थिए । कार्यक्रममा    विद्यार्थीहरुले विविध नृत्य, व्यङ्ग्य प्रहसन तथा सांस्कृतिक गीत प्रस्तुत गरेका थिए । विद्यार्थीहरुले राष्ट्रिय भाव बोकेका गीतहरु प्रस्तुत गर्नुका साथै कविता वाचन पनि गरेका थिए । विद्यालयका सह प्रशासक राजु भण्डारी, प्राचार्य सुरेन्द्र शर्मा दाहाल र अश्मी शर्मा दाहाल, भूपू विद्यार्थी समीप भट्टराई र आशिष रेग्मी, अभिभावक प्रेम गुरुङ शिक्षिका हरिप्रिया शर्मा लगाउले बोलेका थिए ।













Post a Comment

 
Top