0
गोल्डेन न्यूज संवाददाता
साहसिक खेल प्याराग्लाइडिङकोे प्रि–वल्र्ड कप तथा खुल्ला नेपाल प्याराग्लाईडिङ प्रतियोगिता शनिबारदेखि पोखरामा शुरु भएको छ । नेपाल हवाई खेलकुद संस्था (ना) को आयोजना तथा नेपाल पर्यटन वोर्डको प्रवद्र्घनमा संचालित प्रतियोगिता फागुन २२ गतेसम्म चल्नेछ । प्रतियोगिता अन्तर्गत शनिबार अभ्यास खेल (प्राक्टिस डे) को रुपमा सराङकोट क्षेत्रमा प्याराग्लाईडिङ पाईलटहरुले आकाशमा उडान गरेका हुन् । शनिबार सम्पन्न खेलको अंक नजोडिने नाका अध्यक्ष योगेश भट्टराईले जानकारी दिए । सराङकोटमा टाक्सको बारेमा प्राविधिकहरुबाट जानकारी भए पछि प्रतियोगिहरुले पोखराको सराङकोट क्षेत्रबाट उडान गरी खपौंदीमा अवतरण गरेका हुन् । आईतबारदेखि प्रतियोगीहरुको टाक्सको अंक जोडिने भएको छ भने फागुन २२ गतेलाई रिजर्व डेको रुपमा रहेको अध्यक्ष भट्टराईले बताए । अघिल्ला दिनमा मौसम खरावी भएको अबस्थामा रिजर्व डेलाई अंक जोडिने गरी प्रतियोगिता हुने भएको छ । प्रतियोगिताको प्रचारसहित सफलताका लागि शनिबार बेलुका ५ बजेपछि लेकसाईड क्षेत्रमा बाजागाजा सहित मार्च पास भएको थियो । मार्च पासमा २६ राष्ट्रका प्याराग्लाईडिङ पाईलटहरुले आ–आफ्नो देशको झण्डासहित सहभागी भएका थिए । पोखराको लेकसाइडस्थित फिस्टेल गेटबाट सुरु भएको मार्च पासमा राष्ट्रिय झण्डाको साथमा बाजागाजासहित विदेशी पर्यटकहरुको सहभागिता हरेको थियो । पोखराको आकासमा हुने प्रतियोगितामा नेपाल सहित करिब २६ राष्ट्रका एक सय प्याराग्लाईडिङका पाईलटहरु सहभागी भएको भण्डारीले बताए । प्रतियोगितामा विदेशी ५ जना महिला सहित ८० जना विदेशी पाईलटहरु सहभागी छन । प्रतियोगितामा मित्रराष्ट चिन, भारत र एशियाली मुलुक तथा युरोपेली मुलुकबाट समेत प्याराग्लाईडिङका पाईलटहरु सहभागी भएको संयोजक कृष्ण प्रसाद भण्डारीले जनाए । डेढ सय राष्ट्रका २ सय बढी पाईलटहरुबाट उनीहरुको ¥याङकिङको आधारमा छनौट भएको प्राविधिक संयोजक रविन गुरुङले बताए ।  उनका अनुसार प्रि–वल्र्ड कपको मान्यता पाउनको लागि न्युनतम तीन दिनको पुरा उडान तथा तीन दिन मौसम खुल्नु पर्ने हुन्छ । रेस्क्युको लागि प्रभु हेलिकोप्टर पोखरामा स्टेन वाई राखिने र थप आवश्यक परेमा काठमाण्डौंको सिम्रक एयरको हेलिकोप्टर प्रयोग गर्न सकिने व्यबस्था मिलाएको प्राविधिक संयोजक गुरुङले बताए । प्रतियोगितालाई सफल पार्न रसियन नागरिक मिट डाईरेक्टरको रुपमा इगोर टेरेन्टीप रहेका छन भने वल्र्ड कप कमिटीका प्रतिनिधि फ्रान्सेली नागरिक मार्टियल रहेका छन ।




Post a Comment

 
Top