0
गोल्डेन न्यूज संवाददाता
पोखरामा विहीबारदेखि पेप्सी मःम मेला शुरु हुने भएको छ। मेलाको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । आर इभेण्ट ट्रनर नेपालले फेण्डसिप युथ क्लव र आईएफसी फेसन कलेजको सहकार्यमा गर्न लागेको मेला शनिवारसम्म चल्ने छ। मेला पोखरा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुदैछ। मेलाको सम्पूर्ण तयारी पूरा भएको कार्यक्रम संयोजक रवीन गुरुङले जानकारी दिए। मेलाको सम्पूर्ण तयारी पूरा भएको छ कार्यक्रम संयोजक गुरुङले भने–‘२५ प्रकारमा मःम चखाउन आतुर छांै।’ मेलालाई पेप्सी, आशाही वियर र लिकर्डले प्रायोजन गरेका छन्। मेला सम्पन्न गर्न ४४ लाख खर्च लाग्ने र एक लाख दर्शकले मेला अवलोकन गर्ने अनुमान गरिएको छ। मेलाका दर्शकका लागि लक्षित गर्दै रेष्टुरेण्टहरुले विभिन्न २५ प्रकारका १० लाख डल्ला मःम तयार पार्दै छन्।  मेलामा पनिर, खुवा, केरा, टोफु, गुदपाक, आलु, विग, ओमन, माछा, ससेज, आइसक्रिम र चकलेट लगायतका मःमको स्वाद लिन पाईने छ। मेलाका लागि नै ५५ हजार रुपैया खर्च गरेर एउटा मःम समेत बनाईसकिएको छ। सो मःम बुधबारदेखि नै महोत्सव स्थलमा प्रदर्शनका लागि राखिदैछ। 
मेलामा एक सय बढि स्टल रहने छन्। स्टल मध्य २० स्टल मःमका मात्र रहने छ। मेलामा तिब्बत र दार्जिलिङबाट समेत मःमका स्टल ल्याइएको छ। मःम बाहेक अन्य स्टल विभिन्न उत्पादन तथा व्यवसायिक प्रायोजनका रहने छन्। मेलामा दिउँसो हाँस्यप्रहसन, दोहोरी र नौमती बाजा तथा राति लाइभ पप कन्सर्ट र डिजे सेसन आकर्षणका रुपमा रहने छन्।  यसपटक मेलामा फेसन वीक समेत गरिने भएको छ। फेसन वीकका लागि आईएफसी फेसन कलेजका ४० जना डिजाईनरहरुले पहिरन तयार पारिसकेका छन्। ती पहिरनलाई चर्चित मोडलहरुले प्रस्तुत गर्ने छन्। मोडलहरुको प्रशिक्षण सकिएको कोरियोग्राफर नमिता गुरुङले जानकारी दिईन्।  
मेलाबाट बचत भएको रकम पोखरामा आध्यात्मिक पर्यटन प्रवद्र्वनका लागि अन्तर्राष्ट्रिय योग ध्यान केन्द्र निर्माणमा खर्च गरिने बताइएको छ।  मेलाको तीन जना सडक बालकले उद्घाटन गर्ने छन्। 


Post a Comment

 
Top