0
गोल्डेन न्यूज संवाददाता
कास्की जिल्ला बास्केटबल सङ्घको आयोजनामा पोखरामा जारी १३औं कर्णेल जेपिक्रस अन्तरविद्यालय छात्र÷छात्रा बास्केटबल प्रतियोगिता अन्र्तगत मंगलबार ७ खेलहरु सम्पन्न भएका छन । पोखरा रंगशालामा मंगलबार भएको पहिलो खेलमा डाईमण्ड उच्च माविले जित दर्ता गरेको छ । डाईमण्डले एस.ओ.एस. हर्मनमाईनरलाई २३–२२ को स्कोरले पराजित गरेको हो । डाईमण्डको जितमा शुशिल गर्रवुजाले १२ स्कोरको योगदान दिए । किरण छन्त्यालको १७ स्कोरको मद्धतले दोश्रो खेलमा मनकामना बोडिङले वालकल्याणलाई ३०–८ को स्कोरको अन्तरले पराजित गरेको छ । तेश्रो खेलमा माउण्ट अन्नपूर्ण उच्च माविले कास्की मोडनाईजलाई ३२–१६ को स्कोरले पराजित गर्यो । माउण्ट अन्नपूर्णको जितमा महेन्द्र पुनले ११ स्कोरको योगदान दिए । कुमुदिनी होम्स उच्च माविले पोखरा युनाईटेडलाई २६–२१ को स्कोरले पराजित गर्यो । क्ुमुदीनि होम्सको जितमा पृतम गुरुङले १२ स्कोरको योगदान दिए । सुजन गुरुङको १२ स्कोरको मद्धतले टप्स उच्च माविले वालकल्याण स्कुललाई ३ स्कोरको बिरुद्ध ४५ स्कोरको विशाल अन्तरले पराजित गरेको छ । छात्रतर्फको मंगलबार भएको अन्तिम खेलमा लिटिल स्टेप उच्च माविले डाईमण्ड उच्च माविलाइ ४०–१८ को स्कोरले पराजित गरेको छ । लिटिल स्टेप उच्च माविको जितमा सुजन भुजेलले १८ स्कोरको योगदान दिए ।
 त्यसै गरी मंगलबार छात्रा तर्फ एक खेल मात्र भयो । माउन्ट अन्नपुर्णले कास्की मोडनाईजलाई २ को बिरुद्ध २६ स्कोरको विशाल अन्तरले पराजित गरेको हो । माउन्ट अन्नपुर्णको जितमा हिरा पुनले ८ स्कोरको योगदान दिईन । त्यसै गरी बुधबार लिग चरणका ७ खेल हुने भएको संघका अध्यक्ष नेत्र बहादुर शेनले बताए ।



Post a Comment

 
Top