0
दक्षिण अमेरिका ब्राजिलबाट फैलिएको जिका भाईरस युरोपका देश हुँदै दक्षिण एशियाको चीनमा पनि देखिएको छ । नेपाल नेपालको सीमा जोडिएको छिमेकी मुलुक पनि हो । ब्राजिलबाट फर्किएका एक ३४ बर्षीय व्यक्तिमा जिका भाइरसको संक्रमण देखिएको चिनियाँ अधिकारीहरुले पुष्टि गरेका छन्। यो चीनमा जिका भाइरस संक्रमण पुष्टि भएको पहिलो घटना हो। चीनको केन्द्रीय स्वास्थ्य तथा परिवार योजना आयोगका अनुसार जिआन्छी प्रान्तको गान्छियानका बासिन्दा रहेका ती व्यक्तिमा दक्षिण अमेरिका भ्रमणका क्रममा उक्त भाइरस संक्रमण भएको हो । लामुखट्टेबाट फैलने यो भाइरस चिसो मौसम भएकाले यो भाइरसको संक्रमण अन्तत्र फैलन नसक्ने अधिकारीहरुले बताएका छन्। ती व्यक्ति भेनेजुएला भ्रमणमा रहेका बेला यो भाइरसको संक्रमण देखिएको थियो । त्यतिबेला उनलाई ज्वरो आउने र रिंगटा लाग्ने जस्ता लक्षण देखिएको थियो। अहिले उनको उपचार भइरहेको चिनिया अधिकारीले जनाएका छन्। केही महिना अघि ब्राजिलमा जन्मेको एउटा बच्चाको टाउको स्वाभाबिक भन्दा सानो थियो, र केही दिनमै उक्त बच्चाको मृत्यु समेत भयो । तर उसको रगतको परिक्षण गर्दा रगतमा जिका भाइसरको संक्रमण भएको देखियो । त्यसपछि अनुसंधानका आधारमा जिका संक्रमण भएका इलाकाहरूमा टाउको सानो भएर जन्मने बच्चाहरूको संख्या सामान्य भन्दा बीस गुणा बढी भएको प्रतिबेदन ब्राजिल सरकारले जारी गरेपछि यसले संसारलाई झस्काई दिएको छ । जिकाले दक्षिण अमेरिकी देशहरूलाई कतिसम्म अत्याएको छ भने कोलम्बिया, जमैका, इक्वेडर र एल–साल्भाडोर लगायतका देशले आफ्ना देशका महिलाहरूलाई करिब १ बर्ष सम्मका लागि गर्भवती नहुन सुझाइसकेका छन् । जिका भाइरसको संक्रमण नहोस् र नफैलियोस भनेर केही कुराहरूमा साबधानी अपनाउन सकिने रहेछ । जिका फैलाउने लामखुट्टे सामान्यतया दिउसोको समयमा मात्र सकृय हुने हुंदा, दिउसोको समयमा लामखुट्टेको टोकाइबाट बच्न यथाशक्य प्रयास गर्नुपर्ने रहेछ । अमेरिकि रोग नियन्त्रण केन्द्रका अनुसार हलुका जरो आउने, टाउको दुख्ने छालामा राता डाबर आउने, आंखा पाकेजस्तो हुने, जोर्नीहरू दुख्ने जस्ता लक्षणहरू जिकाको संक्रमण हुदा देखा पर्ने रहेछन् । यस्ता लक्षण देखा परेमा प्रसस्त आराम गर्ने, झोल र सुपहरू पिउने गर्नुपर्ने रहेछ । माथि उल्लेखित लक्षणहरू देखिदा प्राय हामी एस्पीरिन्, बु्रफिन जस्ता दबाई खाने गर्छौंस तर डेङ्गु र जिका भाइरसका लक्षण देखा पर्दा आफू खुसी एस्पीरिन, बु्रफिन जस्ता दबाई खान नहुने रहेछ । जिका भाईरसले संसारलाई हल्लाईरहेका बेला विभिन्न देशहरुले उपचारको लागि अनुसन्धान गरिरहेका छन् र जिकाको थप संक्रमण नहोस् भेर धेरै विधि पनि अपनाईरहेका छन् । नेपालमा पनि जिका भाईरस फैलिन जोखिम भएको हुँदा यसको रोकथामका लागि सरकारले पूर्वतयारी एवं अभियान संचालन गर्नुपर्दछ ।

Post a Comment

 
Top