0
राप्रपा नेपाल कास्कीले बुधबार कास्की जिल्लाको क्षेत्र नं. २ अन्तर्गत वडा नं. १२ माटेपानी र १६ बाटुलेचौरको वडा भेला सम्पन्न गरेको छ । हरेक वडा, क्षेत्रमा राप्रपा नेपाल भन्ने राप्रपा नेपालको राष्ट्रिय अभियानलाई सार्थक तुल्याउनका लागि भेला आयोजना गरिएको अञ्चल सचिव सूर्य बाँस्तोलाले जानकारी दिए । कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य तथा धौलागिरी संयोजक कुल बहादुर गुरुङ्ग कुलुले जनताको सुख दुःखमा साथ दिएर राप्रपा नेपालले बोलेर होइन गरेर देखाउने पार्टी भएको बताए । अञ्चल संयोजक तथा केन्द्रीय सदस्य रमेश बहादुर भट्टराईले पोखरालाई स्मार्ट सिटी बनाई फेवाताल संरक्षण गर्नुपर्ने खाँचो औंल्याए। राप्रपा नेपाल कास्कीका अध्यक्ष जयलाल पुनले हिन्दूराज्य, राजसंस्था नछोडेको र यस्तो भ्रममा नपर्न कार्यकर्ता तथा जनतालाई आग्रह गरे । उनले पोखरेली जनतालाई शुद्ध खानेपानीको व्यवस्था गर्न आफ्नो टोलीले पहल गरेको बताए । सो अवसरमा वडा नं. १२ मा पर्शुराम शर्माको अध्यक्षतामा १७ सदस्यीय वडा इकाई समिति गठन गरेको छ । वडा नं. १६ मा नन्दु शर्माको अध्यक्षतामा २१ सदस्यीय वडा इकाई समिति गठन गरिएको जिल्लाका सहसचिव डण्डीराज आचार्यले जानकारी दिए । कार्यक्रममा देवीजंग गुरुङ्ग, मनवीर ढाँसा, विष्णुदेवी गुरुङ्ग, अमिर मियाँ, नेत्रबहादुर बस्नेत, गीता गुरुङ्ग, रन्जना सेन पौडेल, कृष्ण कुमारी थापा, मिना सुवेदी, पूर्णबहादुर गुरुङ्ग, रामेश्वर कोइराला, घरनश्याम गौतम लगायतले यस क्षेत्रको विकासका लागि कहिल्यै पछि नपरिने बताउँदै सबैको साथ लिएर अगाडि बढ्ने बताए । कार्यक्रमको संचालन क्षेत्रीय सचिव निर्मल खत्रीले गरेका थिए । कार्यक्रम अन्तर्गत शुक्रबार पोखरा १ सिमपानीको कसेरीमा वृहत् वडा भेला हुने क्षेत्र नं.२ की क्षेत्रीय अध्यक्ष गीता गुरुङ्गले जानकारी दिए ।

Post a Comment

 
Top