0
गोल्डेन न्यूज संवाददाता
शिक्षाकी देवी सरस्वतीमाता पूजन वसन्तपञ्चमी दिनको अवसर पारेर पोखराको नयाँबजारमा अवस्थित गुरुकुल संगीत प्रशिक्षण केन्द्रले नयाँबजारमा श्रीपञ्चमी मेला गर्ने भएको छ । यही फाल्गुन १ गते बसन्तपञ्चमिको दिन सरस्वती माताको पूजा आराधाना गरी विविध संगीतमय वातावरणका साथमा समपन्न हुने कार्यक्रममा सरस्वती वन्दना, भजन, शांस्त्रीय संगीत, आधुनिक संगीतदेखि पप कन्सर्ट लज्ञात विविध सांस्कृतिक कार्यक्रम रहने आयोजकले जनाएको छ । गुरुकुलले यसअघि पनि नेपाली चाडपर्वको अवसरमा पोखरामा विविध कार्यक्रम गर्दै आइरहेको छ । संगीतकर्मी शिक्षा शुभारम्भ गर्नेहरुका लागि प्रमुख चाडपर्व रहेको हुँदा गुरुकुलले वार्षिक रुपमा वसन्ती पञ्चमीको दिन संगीतमय कार्यक्रम गर्दै आइरहेको छ । गुरुकुल संगीत प्रशिक्षण केन्द्रले उक्त कार्यक्रम गर्नका लागि एउटा कमिटी पनि गठन गरेको छ । कार्यक्रम संयोजकमा माया गुरुङ, सचिवालयमा ओमकाजी थापा, सांस्कृतिक सम्योजकमा अनिल बिक, संगीत सम्योजकमा जगन र बिनोद, प्रचार–प्रसार सम्योजकमा सन्तोष बस्याल र अतिथि सत्कारमा बोबी सुनार रहेका छन् भने कार्यक्रमको संरक्षकका रुपमा गुरुकुल प्रशिक्षण केन्द्रका निर्देशक तीर्थराज पोख्रेल रहेका थिए।







Post a Comment

 
Top