0
गोल्डेन न्यूज संवाददाता
 झण्डै २० करोड रुपैयाँ कारोवारको लक्ष्य सहित १२औं लेखनाथ महोत्सव फाल्गुन पाँच गतेदेखि कास्कीको लेखनाथमा हुदैछ । फागुन १६ गतेसम्म चल्ने महोत्सबमा १५ देखि २० करोड रुपैयाँ कारोवारको लक्ष्य राखिएको आयोजक लेखनाथ उद्योग बाणिज्य संघले जनाएको छ । बिहीवार आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार महोत्सव अवधिभर तीन लाख दर्शक भित्रने अपेक्षा गरिएको छ । महोत्सबबाट करिब एक करोड पाँच लाख आ
म्दानी हुने र खर्च कटाएर झण्डै ३० लाख रुपैयाँ बचतको लक्ष्य राखिएको प्रचार–प्रसार संयोजक भरतकुमार अधिकारीले जानकारी दिए । महोत्सबबाट बचत भएको रकम सामाजिक उत्तरदायित्व वहनमा खर्चिने संघले जनाएको छ । महोत्सबमा कृषि, हस्तकला, मेशिनरी, कर्पोरेट, अटो, जनरल, फेन्सी, गार्मेन्ट, डेरी र रेष्टुरेण्ट लगायतका तीन सय स्टल रहनेछन् । महोत्सबको ८० प्रतिशत स्टल बुकिङ भैसकेको आयोजकले जनाएको छ । नाकाबन्दीको कारण मेला महोत्सबमा प्रत्यक्ष प्रभाब परेको भएपनि लेखनाथ महोत्सबको लागि उत्सुकताको साथ स्टल बुकिङ गर्नेहरु आईरहेको आयोजकको दावि छ ।
महोत्सबमा दर्शकको मनोरञ्जनको लागि दैनिक सांस्कृतिक प्रस्तुतीसँगै गायन विधामा गण्डकी तारा प्रतियोगिता, कवि शिरोमणि लेखनाथ पौडेलको सम्झनामा कविता प्रतियोगिता, विद्यालय तहको वाल प्रतिभा प्रष्फुटन सहित महिलाहरुको जोडी नृत्य प्रतियोगिता पनि समावेश गरिएको छ । महोत्सव प्रवेशका लागि विद्यार्थीलाई ३० र अन्यलाई ५० रुपैयाँ टिकरदर कायम गरिएको छ । बृद्धबृद्धा, अपाङ्ग र एकल महिलाका लागि सामाजिक सुरक्षा भत्ता वितरण कार्ड मार्फत निःशुल्क प्रवेश दिईने संघले जनाएको छ । साथै महोत्सब अवधिभर प्रवेशको लागि दुई सय ५० रुपैयाँमा प्रवेश पास उपलब्ध गराउने बताईएको छ । नाकाबन्दीको कारण शिथिल भएको अर्थतन्त्रलाई केहि चलायमान बनाउन महोत्सबले सहयोग पु¥याउने संघका अध्यक्ष एबं महोत्सब मुल आयोजक समितिका संयोजक लक्ष्मी त्रिपाठीको विश्वास छ । महोत्सवलाई रुपाकोट रिसोर्टले मुख्य प्रायोजन गरेको छ । महोत्सव सम्पन्न गर्न ४५ सदस्यीय कार्यसम्पादन समिति, सात सदस्यिय निर्देशक समिति, ११ सदस्यिय सल्लाहकार समिति र १९ वटा विभिन्न उपसमिति गठन गरिएको छ । महोत्सवको तयारी तीव्र पारिएको आयोजकले जनाएको छ ।


Post a Comment

 
Top