0
गोल्डेन न्यूज संवाददाता
पोखराको नयाँबजारमा रहेको गुरुकुल विद्या सदन उ.मा.वि मा खेलकुद, प्राईमरी ट्यालेन्ट–शो, साँस्कृतिक नृत्य प्रतियोगिता र पुरस्कार वितरण कार्यक्रम सम्पन्न भयो। कार्यक्रम अन्तर्गत खेलकुद कार्यक्रम विद्यालय र पोखरा रंगशालामा सम्पन्न भयो । विभिन्न रेसहरु, लङजम्प, बास्केटवल, फुटवल, टग अफ बार, पट ब्रेक, खो खो, टि.टि लगायका कार्यक्रममा अन्नपूर्ण हाउस उत्कृष्ट भई रनिङ्ग शिल्ड उचाल्न सफल भयो । प्राईमरी ट्यालेन्ट शो अन्तर्गत सुजात श्रेष्ठ विजेता भईन भने सम्राट बाल्कोटी र सिम्रन पोखरेल क्रमशः फस्ट, रनरअप र सेकेन्ड रनर अप हुन सफल भए । साथै सिनियर लेभलको साँस्कृतिक नृत्य प्रतियोगितामा माउण्ट एभरेष्ट र धवलागिरी सदन क्रमशः प्रथम र द्वितीय भए । बिहीबार आयोजित समापन समारोहमा विजेता सम्पूर्ण विद्यार्थीहरुलाई प्रमुख अतिथि जिल्ला शिक्षा कार्यालयका सहायक जिल्ला शिक्षा अधिकारी गोविन्दराज पोख्रेल, कार्यक्रम सभापति तथा विद्यालय निर्देशक धर्म कोइराला र प्राचार्य अचुत पाण्डेले पुरस्कार वितरण गरेका थिए । कार्यक्रममा अतिरिक्त क्रियाकलाप प्रमुख कृष्ण भुजेलको संयोजनमा भएको थियो । कार्यक्रममा केशव तिमिल्सिना लगायत अन्य सबै शिक्षक कर्मचारीहरुको सहयोग रहेको विद्यालयले जनाएको छ । 
यसैगरी पोखरा–१० बुद्धचोकमा रहेको सोसल पव्लिक स्कुलको १४आंै अभिभावक दिवस तथा पुरस्कार बितरण कार्यक्रम सम्पन्न भएको छ । बिहीबार आयोजित एक समारोहका बीच बिद्यालयले आफ्नो १४ औ अभिभावक दिवस तथा पुरस्कार बितरण कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रमको उद्घाटन गर्दै  निमित्त जिल्ला शिक्षा अधिकारी दिपेन्द्र ढकाले बिद्यालयले छोटो समयमा नै गुणस्तरीय शिक्षा प्रदान गरी सक्षम जनशक्ती उत्पादनमा महत्वपुर्ण भुमिका खेलेको भन्दै बिद्यालयको सफलताको कमना गरेका थिए ।प्याप्सन कास्कीका अध्यक्ष चिनु रानाभाटले सक्षम र गुणस्तरीय नागरीक उत्पादन गर्न निजि बिद्यालयले महत्वपूर्ण भूमिका खेलेको भन्दै निजि विद्यालयलाई राज्यले सहयोग नगरेको गुनासो गरे । बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र बहादुर कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा फेवा टेलिभिजनका प्रवन्ध निर्देशक लिला जिसी, नेपाल हेन्डबल संघ कास्कीका अध्यक्ष तेज बहादुर गुरुङ, बिद्यालय व्यवस्थापन समितीका सदस्य बलराम परियार र कमला गुरुङ लगायतले बोलेका थिए । विद्यालयका प्रिन्सिपल खिम बहादुर गुरुङले स्वागत मन्तव्य राखेको कार्यक्रमको संञ्चालन नेपाली बिभाग प्रमुख शिक्षक यमलाल सुबेदीले गरेका थिए । कार्यक्रममा २०७१ सालको प्रबेशिका परीक्षा उत्तीर्ण बिद्यार्थीलाई सम्मान गरिएको र शैक्षिक सत्र २०७१ को शैक्षिक पुरस्कार पनि बितरण गरिएको बिद्यालयले जनाएको छ । उक्त अवसरमा विद्यार्थीहरुले विविध साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेको विद्यालयका शिक्षक मन गुरुङले जानकारी दिए । २०५३ सालमा स्थापना भएको कक्षा १० सम्म संचालित विद्यालयमा करिब ८ सय ५० जना विद्यार्थी अध्यनरत छन भने ५८ जना शिक्षक कर्मचारी कार्यरत रहेका छन् ।यसैगरी पोखराको बगर १ सिम्पानीमा रहेको भानुभक्त आवासीय माविको ३०आँै वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम बिहीबार सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै पृथ्वीनारायण क्याम्पसका क्याम्पस प्रमुख प्राध्यापक डा. देवेन्द्र बहादुर लामिछानेले देशको शैक्षिक पद्धतीमा निजि क्षेत्रको योगदान महत्वपूर्ण रहेको बताए । सरकारी विद्यालयलाई राज्यले गरेको लगानी अनुसार प्रतिफल आउन नसकेको अवस्थामा निजी क्षेत्रका विद्यालयहरुले राज्यलाई चुनौती दिएको उनको भनाई थियो । अहिले सरकाले ल्याएको लेटर ग्रेडिंग प्रणाली विद्यार्थीका लागि थप चुनौती रहेको पनि उनले बताए । कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सिपल दिनेश लामिछानेले विद्यालयले शिक्षण सिकाईलाई प्रभावकारी बनाउन कुनै कसर बाँकी नराख्ने बताए। यसैबीच विद्यालयले वार्षिक रुपमा प्रदान गर्दै गाएको भानु विद्या पदकबाट २०७१ सालमा प्रवेशिका परिक्षामा सर्वोत्कृष्ट अंक हासिल गर्ने पुरन गुरुङ र २०७० सालको परीक्षामा सर्वोत्कृष्ट अंक ल्याउन सफल दिप्ती गिरीलाई सम्मान गरिएको छ । यस्तै विद्यालयलको विभिन्न विभागमा कार्यरत ३ जनालाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा विद्यालयका प्रावि ईन्चार्ज जानकी थापा, सवारी चालक टेक बहादुर सुनार र कार्यालय सहायक सरस्वती श्रेष्ठ रहेका छन्। कार्यक्रममा विभिन्न कक्षामा प्रथम, द्वितीय र तृतीय भएका विद्यार्थीहरुलाई शैक्षिक पुरस्कार वितरण गरिएको थियो भने खेलकुद, अनुसासन, लगायत अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीहरुलाई पनि पुरस्कार प्रदान गरियो । उक्त अवसरमा विद्यार्थीहरुले संस्कृति झल्काउने मारुनी, झ्याउरे, कौरा, लगायतमा नृत्य प्रस्तुत गरेका थिए भने कक्षा नसरी, यूकेजी, एलकेजीका नानीबाबुहरुले सामुहिक गायन प्रस्तुत गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराज न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा शसस्त्र प्रहरी बल मालेपाटनका प्रहरी उपरीक्षक फणिन्द्रराज पौडेल, हिसान कास्कीका अध्यक्ष बाबुराम पन्त लगायतले बोलेका थिए ।






Post a Comment

 
Top