0
यातायात व्यवसायीको आन्दोलन कारण विहीबार स्थगित भएको पेप्सी मःम मेला शुक्रबारदेखि शुरु हुने भएको छ। अचानक चक्काजाम हुदाँ विहीबार शुरु गर्न सकेनांै कार्यक्रम संयोजक रवीन गुरुङले भने–‘जस्तोसुकै परिस्थितिमा पनि शुक्रबारदेखि भने मेला शुरु गर्ने छांै।’ मेलाको तीन जना सडक बालकले उद्घाटन गर्ने छन्। आर इभेण्ट ट्रेनर नेपालले फेण्डसिप युथ क्लव र आईएफसी फेसन कलेजको सहकार्यमा मेला गर्न लागेको हो। पोखरा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुने मेला आइतबारसम्म चल्ने छ। मेलाका दर्शकका लागि लक्षितगर्दै रेष्टुरेण्टहरुले विभिन्न २५ प्रकारका १० लाख डल्ला मःम तयार पार्ने छन्। मेलामा पनिर, खुवा, केरा, टोफु, गुदपाक, आलु, विग, ओमन, माछा, ससेज, आइसक्रिम र चकलेट लगायतका मःमको स्वाद लिन पाईने छ। मेलाका लागि नै ५५ हजार रुपैयाँ खर्च गरेर बनाइएको मःम महोत्सव स्थलमा राखिएको छ।


Post a Comment

 
Top