0
मानव मिलन नारी जागरण नेपालले कास्कीका विभिन्न विद्यालयका छात्रछात्रालाई शैक्षिक वितरण गरेको छ । सरकारी विद्यालयमा अध्यनरत ५ वटा विद्यालयका २० जनालाई एक कार्यक्रम बीच शनिवार शैक्षिक सामाग्री वितरण गरेको हो । कार्यक्रमका प्रमुख अतिथि २०७१ सालको एसएलसी परीक्षामा छात्रातर्फ सर्वोकृष्ट अंक प्राप्त गर्ने सपना सुवेदीले कार्यक्रमको उद्घाटन गरेकी थिइन् । उनले छात्राछात्रालाई उक्त शैक्षिक सामाग्रीहरुलाई पुरस्कारको रुपमा ग्रहण गर्न आग्रह गर्दै विद्यार्थीहरुले आफ्नो शिक्षालाई पहिलो प्राथमीकताका साथ लिनुपर्नेमा जोड दिइन् । उनले संस्थाले अनुकरणीय कार्य गरेको समेत बताइन् । अध्यक्ष पार्वती पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थापक अध्यक्ष सावित्री शर्मा, जिल्ला वालकल्याण समिति अधिकृत वद्रिप्रसाद वाग्ले, नागरीक समाज पोखराका अध्यक्ष रामवहादुर पौडेल, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुष्मा पौडेल, जनप्रिय उच्च माविका प्र.अ वावुराम पौडेल, श्रिकृष्ण माविका प्र.अ केदारनाथ अधिकारी लगायतले बोलेका थिए । कार्यक्रममा स्वागत मंतव्य उपाध्यक्ष रमा ढकाले व्यक्त गरेकी थिइन् भने शिक्षा उप–समितिको संयोजक पवित्रा थापाले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेकी थिइन् भने कार्यक्रमको सञ्चालन सचिव कमला गिरीले गरेकि थिइन् । पवित्रा थापाको संयोजकत्वमा वनेको नयाँ शिक्षा उपसमितिका सदस्यहरुमा विष्णु गुरुङ, पद्यमा मल्ल, ममता गुरुङ र देवकी पोख्रेल रहेका छन् ।






   

Post a Comment

 
Top