0
गोल्डेन न्यूज संवाददाता
माथिल्लो अाँधीखोलावासी विकासको लागि एकजुट भएका छन् । स्याङजा जिल्लाका उत्तरी भेगमा रहेका ६ वटा गाविसमा विकासमा विकास पैरवी वहस सुरु भएपछि उनीहरु एक जुट भएका हुन् । सो क्षेत्रमा जन्मेर विभिन्न थाँत थलोमा रहेका सरोकारवाला लाई एकै ठाउँमा भेला गराएर माथिल्लो आँधीखोला विकास मञ्चले सो पैरवी वहस सुरु गरेको हो । विचारीचौतारा, चिलाउनेवास, वाँगे, वाङ्सिङ देउराली, फापरथुम र सेतीदोभान गाविसको विकासको लागि त्यहाँका सरोकारवालाले चेतनाको विजारोपण गरेका हुन् । जिल्लाका ६ वटै गाविसका सरोकारवालालाई जिल्लाको जुग्ले वजारमा मञ्चले भेला गराएर क्षेत्रको विकासको वारेमा छलपल गराएको छ । सो अवसरमा वोल्दै पूर्व गभर्नर एवं राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष दीपेन्द्र वहादुर क्षेत्रीले जिल्लाको माथिल्लो भूभागमा संस्थाले विकासको पैरवी थालनी गरेको भन्दै त्यसको लागि आफूले संवन्धित क्षेत्रमा घच्घच्याउने वताए । उनले सरकारको ध्यान स साना जलविद्युतमा ध्यान नदिँदा स्याङ्जाको सेतीखोला जलविद्युत आयोजना वन्द भएको वताएका छन् । उनले गाउँको विकासको लागि साना आयोजनालाई वचाउनु पर्ने वताए । सभासद राजु थापाले विकास र राजनीति एक अर्काका परिपूरक भएकोले राजनीति संग जोडेर माथिल्लो आँधिखोला क्षेत्रको विकासलाई अध्ययन गरिनु पर्ने वताए । उनले माथिल्लो आँधिखोलाका ६ वटै गाविस आफ्नै क्षेत्रमा परेकोले त्यस क्षेत्रको विकासलाई विशेष पहलका साथ अगाडि वढाउने वताए । संस्थाका अध्यक्ष पीताम्वर नेपालीले आँधी खोला वारी र पारीका केटा केटीको विवाह समेत जिल्ला पारी गर्ने विकृति आएकोले संवन्धित गाविसको वीचमा नै समाज घर र मन्दिर निर्माण गरेर वैवाहिक संस्कारको जग वसालिने वताए । उनले मञ्चको उदेश्य स्थानीय कला साहित्य संस्कृति र संस्कारको विकास रहेका समेत जानकारी दिएका छन् । मञ्चका उपाध्यक्ष प्राध्यापक डा दिलवहादुर क्षेत्रीले घर छोडेर हिँडेका युवा युवतिलाई आफ्नो जन्म स्थान र संस्कार वारे जानकारी दिन मञ्च सारथी वन्ने वताएका छन् । उनले संस्था कुनै नाफा मूलक संस्था नभई विसुद्ध विकासको पैरवी गर्ने थलो मात्र भएको टिप्पणी गरे । सो अवसरमा पृथ्वी नारायण क्याम्पस पोखराका सह प्राध्यापक कमल ढकालले माथिल्लो आँधिखोलाका ६ वटा गाविसको उत्पादन, कला, साहित्य, र भौगोलिक वनावटको वारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा मुक्तिनाथ विकास वैंकका कार्यकारी अधिकृत भरतराज ढकाल, संस्थका सचिव वोधराज ढकाल लगायतले आ आफ्ना भनाई राखेका थिए । मंञ्चले जिल्लाको जुग्ले वजारमा कार्यालय समेत स्थापना गरेको सचिव वोधराज ढकालले जानकारी दिएका छन् ।





Post a Comment

 
Top