0
लेखनाथ महोत्सवको पाँचौ दिन १५ हजार दर्शकले अवलोकन गरेका छन् भने अटो सहित १ करोड रुपैयाँको कारोबार भएको छ ।  महोत्सवमा आइतबार केही समय लेखनाथको डाँडाको नाकमा सडक अवरुद्ध हुँदा दर्शकको कमि आएको प्रचार–प्रसार उपसमितिका संयोजक भरतकुमार अधिकारीले जानकारी दिए । लेखनाथ १२ की खिममाया पुनको दुई साता अघि बेगनासतालमा हत्या भएको भन्दै आफन्तले दोषिलाई कारवाही गर्न माग गर्दै डाँडाको नाक प्रहरी चौकी अगाडी झण्डै ५ घण्टा सडक अवरुद्ध पारेका थिए । सडक अवरुद्ध हुँदा महोत्सव समेत प्रभावित भएको थियो । महोत्सवमा आइतबार पनि दर्शकहरु गीत संगीतमा झुमेका थिए। दर्शकहरुलाई खुमन अधिकारी, प्रिति आले, कमल खत्री, सरिता प्रजापति, जीबन दाहाल, कुलेन्द्र वि.क लगायतले मनोरन्जन दिएका थिए । सोमबार खुमन अधिकारी, जय कुमार परियार, प्रदिप त्रिपाठी, रमिला न्यौपाने, अनिता चलाने र लक्ष्मी नेपालीले लोक दोहोरी तर्फ मनोरन्जन दिनेछन् भने पपमा शहिमा श्रेष्ठ, कृष्ण काफ्ले र एन्जिला रेग्मी र हाँस्य व्यङ्गमा एस जोडीले मनोरन्जन दिनेछन् । साथमा चाइल्ड ट्यालेन्ट सो, गण्डकी तारा र बरिष्ठ उद्घोषक नेत्रपाणि बास्तोलाले समेत दर्शकलाई तताउनेछन् । महोत्सवमा १५ देखी २० करोडको कारोबार हुने आयोजकले अपेक्षा गरेका छन् । तीन लाख भन्दा बढी दर्शकले अवलोकन गर्ने अनुमान गरेका छन् ।

Post a Comment

 
Top