0
गोल्डेन न्यूज संवाददाता
नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन पद्म नर्सिङ होमको अध्यक्षमा पुन ः जितेन्द्र पौडेल चयन भएका छन । शनिवार सम्पन्न  युनियनको छैठौ साधारण सभा तथा तेश्रो अधिवेशनले पौडेललाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । अधिवेशनले युनियनको उपाध्यक्षमा कालिदाश शर्मा, सचिवमा कृष्ण आचार्य, सह सचिवमा होमनाथ पौडेल, कोषाध्यक्षमा अञ्जना थापा र सह कोषाध्यक्षमा राम बिनोद महतो चयन गरेको छ । त्यसैगरी सदस्यहरुमा राजु थापा, लक्ष्मी शर्मा, पार्वती श्रेष्ठ, उमाकान्त रेग्मी, लक्ष्मी देवकोटा, अर्जुन परियार, अरबिन्द कुमार यादव, गंगा खड्गी र माधव लामिछानेलाई चयन भएका छन । युनियनको सल्लाहकारहरुमा डा.नारायण गौतम, नरेन्द्र बास्तोला, नरेश पौडेल, लक्ष्मी कुंवर, खड्ग कुमारी श्रीष र गंगा थापालाई चयन गरिएको छ ।
 कार्यक्रमको उद्घाटन गदै प्रमुख अतिथि पद्म नर्सिङ होमका प्रबन्ध निर्देशक डा.कालु शर्माले कर्मचारीले नै संस्था चल्ने बताउँदै कर्मचारी संग सहकार्य गरेर अगाडि वढ्न संस्था तयार रहेको जानकारी दिए। कर्मचारीकै कारणले पोखरामा रहेका नीजी अस्पतालहरु मध्ये पद्म नर्सिङ होम अग्र पङ्तिमा रहेको बताउँदै आगामी दिनमा पनि सहकार्य गरेर अगाडि बढ्न युनियनलाई आग्रह गरे । पद्म नर्सिङ होमका शेयर सदस्य जगत बहादुर खड्काले युनियनले स्थापना कालदेखिनै नर्सिङ होमका हरेक समस्या समाधानमा सहकार्य गर्दै आएको वताउदै नया कमिटी पनि त्यस तर्फ लाग्नुपर्नेमा जोड दिए ।
युनियनका अध्यक्ष जितेन्द्र पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा डा.सुमिरन श्रेष्ठ, मेट्रोन रजनी पालिखे, प्रशासन अधिकृत नरेश पौडेल, सल्लाहकार लक्ष्मी कुंवर लगायतले वोलेका थिए । कार्यक्रमको सञ्चालन युनियनका सचिव कृष्ण आचार्यले गरेका थिए ।

Post a Comment

 
Top