0
गोल्डेन न्यूज संवाददाता
पोखरा–१५ की १९ बर्षीय यरुना पुन (नेहा) को हत्यारा तत्काल पक्राउ गरी सार्वजनिक गर्न माग गर्दै आफन्तले बिहीवार ¥याली निकालेका छन् । मंगलवार विहान घर नजिकै हत्या गरी फालिएको अबस्थामा शव भेटिएपछि आफन्तले विरोध प्रदर्शन गर्दै हत्यारालाई तत्काल पक्राउ गरी सार्वजनिक गर्न माग गरेका हुन् । बिहीवार निकालिएको ¥यालीमा सहभागीले हत्यारा सार्वजनिक गर, महिला अधिकार सुरक्षित गर, यतिबेला हामी चुप लागेर बस्न सक्दैनांै लगायतका प्ले कार्ड वोकेका थिए । त्यस्तै नेपाल मगर संघ कास्कीले पनि विज्ञप्तिमार्फत मगर चलचित्रको नायिका समेत रहेकी पुनको हत्यामा संलग्नलाई तत्काल पक्राउ गर्न माग गरेको छ । मगर संघ कास्की अध्यक्ष अध्यक्ष पूर्णबहादुर रानामगरले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मगर चलचित्र ‘गाउँला’ तथा ‘यूँपा’ की नायिका नेहा पुनमगरको हत्या गरिएको घटनाले हामी सम्पूर्ण कस्केली मगर समुदाय स्तब्ध बनेका छौं, हत्यारा जोसुकै भएपनि प्रशासन समक्ष कडा कार्बाहीका लागि जोडदार माग गर्दछौं । हत्यारालाई तत्काल पक्राउ गरी आम नागरिकको बाँच्न पाउने अधिकारको प्रत्याभूति दिलाउन शान्ति, सुरक्षाको वातावरण मजबुत बनाउन समेत संघले माग गरेको छ । पोखराको न्यूरोड स्थित स्माईल क्याफेमा कार्यरत उनी दैनिक विहान ७ बजे काममा जाने र र राति ८÷९ बजे फर्कने भएपनि सोमवार साँझ नफर्किएपछि आफन्तले खोजी सुरु गरेका थिए । मंगलबार बिहानै घर नजिकै खाली स्थानमा कालो कपडाले छोपेर फालिएको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । अयन्त्र हत्या गरी सो स्थानमा ल्याएर शब फालिएको प्रहरीले आशंका गरेको छ । हत्यामा संलग्नको खोजी भैरहेको र अनुसन्धान जारी रहेको कास्की प्रहरीले जनाएको छ ।





Post a Comment

 
Top