0
गोल्डेन न्यूज संवाददाता
नेपाली कांग्रेसको १३औं महाधिवेशन अन्तर्गत शुक्रबार कास्की जिल्लामा हुने क्षेत्रीय अधिवेशनमा मिन नेपालीले क्षेत्र नं. १ को दलित कोटाबाट महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिने भएका छन् । वि.स.२०६० मा जनज्योति उच्च मा.वि.को सभापति, २०६२ मा कालिका उच्च मा.वि.को सभापति हुदै वि.स. २०६४ मा पृथ्विनारायण क्याम्पसको नेविसंघ सह–सचिव, उपसभापति, सभापति हुदै वि.स.२०७० मा नेविसंघको तर्फबाट पृथ्वीनारायण क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापतिको उम्मेदवार बनेका उनी नेपाल दलित विद्यार्थी संघका केन्द्रिय अध्यक्ष समेत हुन् । कास्की कालिकाका नेपालीको दोस्रो संविधान सभाको चुनावमा काग्रेस उम्मेदवार यज्ञबहादु थापालाइ विजयी गराउन काग्रेस कास्की सचिव कृष्ण के.सि., काग्रेस कालिकाका सभापति भानुभक्त ढकाल र मिन नेपालीको भुमिका महत्वपुर्ण रहेको थियो ।  कास्कीमा युवालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने मत आइरहेकोले आफू महाधिवेशन प्रतिनिधिमा छानिने नेपालीको विश्वास छ ।  
कास्की क्षेत्र नं. १ मा सरकारी सुविधा लिइरहेका सांसद यज्ञबहादुर थापा, अर्का सांसद जीवन परियारका साथै थापा र परियारकै जोडबलमा पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष बन्न सफल भएका प्रकाशमोहन खनाल अन्य नेता कार्यकर्तालाई अवसरबाट बञ्चित गर्ने खेल खेलिरहेका छन् । उनीहरुको खेललाई विफल पार्न युवाहरुको सक्रियता बढ्दै छ । युवाहरुको यो सक्रियताले विगतमा हाली मुहाली गर्न सफल बनेका नेता पाखा लाग्ने विश्लेषण काग्रेसभित्रै हुन थालेको छ ।

शुक्रबार हुने क्षेत्रीय अधिवेशनका लागि विभिन्न गुट उपगुट तयार गरि पार्टीमा हालीमुहाली गर्ने रणनीति अनुसार क्षेत्र नं. १ मा सांसद थापा सहित केहीलाई महाधिवेशन प्रतिनिधिको उम्मेदवार बनाउने तय भएको छ । जस अनुसार कोपिला रानाभाट, रसकुमारी गुरुङ, गिरीराज गौतम, सुदिपमोहन भट्टराई, दुर्गा रेग्मी, ऋषि सुवेदी, श्रीकृष्ण लामिछाने लगायत छन् । सांसदद्वय थापा र परियारले पार्टीका केही इमान्दार कार्यकर्तालाई समेत महाधिवेशन प्रतिनिधि बनाउने सूचीमा राखेर क्षेत्रको नेतृत्व खनाललाई दिने रणनीति बनाएपछि महाधिवेशन प्रतिनिधिमा तय गरिएका कतिपयले भने असन्तुष्टि प्रकट गरिरहेका छन् । थापा र परियारको योजनालाई विफल तुल्याउनुपर्ने भन्दै केही नेता कार्याकर्ताले अभियान शुरु गरि सकेका छन् । क्षेत्र नं. १ बाट कांग्रेस नेता तारानाथ रानाभाट, कृष्ण केसी, तिलक रानाभाट, नन्दप्रसाद तिवारी, मुरारी शर्मा, वीरबहादुर बुढाथोकी, सकुन्तला गुरुङ, प्रभाश्री गुरुङ, बुद्धिमान गुरुङ, चिनु रानाभाट, दीपेन्द्र ढकाल लगायतका नेता महाधिवेशन प्रतिनिधिका लागि आकांक्षी देखिएका छन् । यस क्षेत्रबाट महिलाहरु तारा अधिकारी, विन्दु सुवेदी पनि आकांक्षी रहेका छन् । सोमबारे हुने जिल्ला अधिवेशनका लागि सभापति पदमा  शुक्रराज शर्मा, कृष्ण केसी, र गुरु बरालको नाम चर्चामा छ ।




Post a Comment

 
Top