0
गोल्डेन न्यूज संवाददाता
दीपेश मेमोरियल स्मृति सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि आयोजकले जितेको छ । बिहीबार पोखरामा सम्पन्न फाइनलमा आदर्श युथ क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै आयोजक दीपेश मेमोरियल ए ले उपाधिसहित नगद १ लाख रुपैयाँ, शिल्ड र मेडल पुरस्कार हात पा¥यो । उपविजेता आदर्शले ४५ हजार रुपैयाँ पुरस्कार पायो । आयोजक क्लबका प्रदीप गुरुङ वेष्ट प्लेयर बन्दै नगद ५ हजार पुरस्कार पाए । वेष्ट डिफेन्सको उपाधि आदर्श युथका अनिल गुरुङ, वेष्ट मिडफिल्डरको उपाधि आयोजक टिमका टंक गुरुङ, वेष्ट कीपरको उपाधि आयोजककै दीपक कार्कीलाई दिइयो । खेल अवधिमा सर्वाधिक ६ गोल गरेका पुन टोल क्लबका सुजन शाही र लालीगुराँस एकताका गणेश थापालाई हाइस्कोररको उपाधि दिइएको प्रतियोगिता संयोजक विकास थापाले जानकारी दिए । खेलको २० मिनेटमा आयोजक टीमले गोलमा अग्रता कायम गरेको हो । प्रदीप गुरुङको क्रस विपक्षी आदर्शका डिफेन्स अनिल गुरुङलाई लाग्दा डिफेक्ट हुँदै गोलमा परिणत हुन पुगेको हो । १ गोलले पछि परेको आदर्श अन्तिम मिनेटसम्म बराबरीमा फर्किन नसक्दा अन्ततः उपाधि आयोजकलाई सुम्पिन पुगेको हो । विजेतालाई प्रमुख अतिथि कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक घनश्याम अर्याल, आयोजक क्लबका नि.अध्यक्ष दीपेन्द्र पहारी, प्रतियोगिता संयोजक विकास थापा लगायतले पुरस्कार वितरण गरेका थिए । बैदाम युवा क्लबको आयोजनामा फागुन ७ देखि बाराही घाटमा सुरु प्रतियोगितामा ३२ टीमको सहभागिता रहेको सचिव निर्मल पहारीले बताए ।




Post a Comment

 
Top