0
गोल्डेन न्यूज संवाददाता
नेपाली कांग्रेस कास्की क्षेत्र नंं. ४ को सभापतिमा पोषनाथ शर्मा निर्वाचित भएका छन् । प्रतिस्पर्धी मनोज गुरुङलाई ५ मतले पराजित गरेका हुन् । शर्माले १ सय १३ मत प्राप्त गरेर विजयी हुँदा गुरुङले १ सय ८ मत ल्याए । गत माघ २२ गते भएको मतदानपछि भोट गन्ने क्रममा विवाद हुँदा त्यहाँ पुनःनिर्वाचन भएको हो । सचिवमा खिमलाल बाँस्तोला १ सय ४३ मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी विष्णुकुमार श्रेष्ठले ७३ मत ल्याए । कोषाध्यक्षमा जीवनाथ पौडेलले १ सय २४ मत ल्याएर विजयी भए भने प्रतिस्पर्धी कृष्णप्रसाद त्रिपाठी ९० ल्याए । सदस्यमा प्रकाश चन्द्र सापकोटा र देवेन्द्र विक्रम शाहीले १ सय ५० मत, कमल बहादुर गुरुङले १ सय ४७ मत, प्रकाश बरालले १ सय ३५, कमला विन्दु बरालले १ सय ३१ मत, राजाराम पौडेलले १ सय २८ मत, गोपालप्रसाद पराजुलीले १ सय २४ मत र तीर्थबहादुर थापाले १ सय २३ मत ल्याएर विजयी भएको मतदान अधिकृत यमनाथ सापकोटाले बताए । ४ नम्बर क्षेत्रबाट महासमिति सदस्यमा शुक्रराज शर्मा, आइबहादुर गुरुङ, रामचन्द्र त्रिपाठी, दीपक गुरुङ, हरिमाया गुरुङ निर्विरोध भएका छन् ।


Post a Comment

 
Top