0
लेखनाथमा जारी लेखनाथ महोत्सवमा दर्शकको चाप बढ्दै गएको छ  भने कारोबारमा समेत बृद्धि भएको छ । महोत्सवको नवौ दिन बिहीबार२० हजार दर्शकले महोत्सवको अवलोकन गरे भने करिब २ करोड रुपैयाँको कारोबार भएको प्रचार प्रसार उपसमितिका संयोजक भरतकुमार अधिकारीले जानकारी दिए । अधिकारीले अहिलेसम्म १२ करोडको रुपैया बराबरको कारोबार भएको बताए । महोत्सवमा अटोदेखि घरायसी सामाग्रीको कारोबार भएको छ, अधिकारीले बताए । महोत्सवको स्टेजमा कलाकार बद्री पंगेनीले आयोजक र प्रायोजकलाई स्टेजमा छमछमती नचाएका थिए । पगेनीलाई राजन ठकुरी, कृष्ण सुवेदी, प्रेम बस्याल, शर्मिला गुरुङ्ग, कल्पना दाहाल र युविना गुरुङ्गले साथ दिएका थिए ।  साँझ पखको पप कन्र्सटमा मेलिना राई, रमेश भट्टराई र सुनिल गिरी र मिलन अमात्यले युवा दर्शकलाई तानेका थिए । हाँस्य व्यङ्ग तर्फ पोखरेली माग्ने बढा र धुर्मुसले मनोरञ्जन दिलाएका थिए । शुक्रबार चर्चित गायक पशुपति शर्मा, राजन ठकुरी, माधव चापागाइ, कल्पना दाहाल, ज्योति लोहनी, जानकी मगर र पप तर्फ सुगम पोखरेलले दर्शकलाई मनोरन्जन दिनेछन् । महोत्सवमा गण्डकी तारा प्रतियोगितामा १० जनाबाट सात जना छनौट भएका छन् । प्रतियोगितामा सुनिल गुरुङ्ग, अनिल वि.क, राम घर्तिमिरे, अदिती शर्मा, कुशल पोखरेल, सोनु कुमार वि.क र आमकाजी थापा रहेका छन् । यसैगरी चाइल्ड ट्यालेन्ट सो मा ५२ जना प्रतियोगिलाई पछि पार्दै दश जना बालबालिका अन्तिम प्रतिस्पर्धाका लागि छनौट भएका छन् । गायन र नृत्य विधामा गरी पाँच पाँच जना छनौट भएको संयोजक ऋषिराम जमरकट्टेलले जानकारी दिए । गायन तर्फ न्यूलाइट वोर्डिङ स्कुलका अंसु गुरुङ्ग, गोगन उच्च मा.विका रंजित वि.क, स्माइल हेभेनका दिक्षा वि.क, मदरल्याण्डका शिक्षा कार्की र बागमारा एकेडेमीका करुणा सुनार रहेका छन् ।


Post a Comment

 
Top