0
गोल्डेन न्यूज संवाददाता
सहारा एकेडेमीलाई दिगो रुपमा संचालनका लागि स्थापित ‘सहारा एकेडेमी अक्षयकोष’मा रकम थपिनेक्रम जारी रहेको छ । पोखरामा हालै सम्पन्न भएको १४ आंै आहा रारा गोल्डकपको अवसरपारि विभिन्न दाताहरुले १३ लाख रुपैयाँ अक्षयकोषका लागि सहयोग गरेका छन् । सहाराका सल्लाहकार एवं एन्फा केन्द्रिय उपमहासचिव गणेशबहादुर भट्टराई तथा पर्यटन व्यवसायी रामचन्द्र भट्टराईले आफ्ना पिता रत्नबहादुर भट्टराईको स्मृतिमा १ लाख ११ हजार १ सय २५ रुपैया सहयोग गरेका छन । त्यसै गरी संस्थापक सल्लाहकार प्रेम बहादुर जि.सी.ले १ लाख १ हजार, क्लबका सदस्यद्वय जयन्द्र लालचन र पार्वती लालचनबाट १ लाख १ हजार, पूर्व राष्ट्रिय खेलकुद विकास समितिका केन्द्रिय सदस्य राजेश गुरुङ÷छोरा बुद्ध गुरुङबाट ५१ हजार, दिपेन्द्र कार्कीले आफ्ना पिता नरबहादुर कार्कीको स्मृतिमा पुत्र  १५ हजार १५, लेखनाथ न.पा.बेगनासताल निवासी राजुमाया थकाली÷रन प्रसाद थकालीका छोरा सुमन थकालीबाट १० हजार ५ सय २५, ममता÷निर्मता थकालीबाट २० हजार ५० रुपैयाँ, धमेद्र बराल र बिराट बराल रत्नचोकबाट १५ हजार ५ सय ५५ रुपैयाँ सहयोग प्राप्त भएको सहारा क्लव पोखराले जनाएको छ ।
 यसैगरी सहारा यु.के.का संयोजक ओम प्रकाश गुरुङ ५० हजार, मिन राना (यु.के.) १ लाख १ हजार, ले.जस बहादुर गुरुङ ५० हजार, क्या.प्रेम बहादुर गुरुङ ५० हजार, ठाकुर गुरुङ (यु.के.)५१ हजार, ओम प्रसाद गुरुङ (जापान) यु.के.५१ हजार, कोल प्रसाद गुरुङबाट १० हजार रुपैयाँ आर्थिक सहयोग अक्षयकोषका लागि प्राप्त भएको छ । त्यस्तै सहारा यु.के.का संस्थापक अध्यक्ष नवीन गुरुङबाट सहारा एकेडेमी परिसरमा एडिएसल जडानका निम्ति २० हजार रुपैयाँ प्राप्त भएको छ भने इन्डियन गोर्खा बिग्रेड फुटबल टीम बाट ३० हजार रुपैयाँ सहयोग रकम प्राप्त भएको क्लवले जनाएको छ । त्यस्तै स्याङ्जा जिल्ला ओरस्टे गा.वि.स.वडा नं.२ मटकिना, सरानेघरे बाबाआमा,दाजुभाई,दिदि बहिनीहरु, छोरी ज्वाई समेतबाट क्रमशः दिलबहादुर गुरुङ÷लक्ष्मी गुरुङ १ लाख १ हजार, नर बहादुर गुरुङ÷छोरा लोकबहादुर गुरुङ १ लाख १ सय, गिर प्रसाद गुरुङ÷देब कुमारी गुरुङ ५१ हजार,तुल बहादुर गुरुङ÷खिर कुमारी गुरुङ ५१ हजार, शर्मिला गुरुङ÷विराज गुरुङ ५१ हजार, प्रदिप÷सुमित्रा(सानु) गुरुङ १ लाख १ सय, झनक बहादुर गुरुङ÷चित्र कुमारी गुरुङ १ लाख १ सय रुपैयाँ गरी एकमुष्ट ५ लाख ५५ हजार ५ सय ५५ सहारा यु.के.का अध्यक्ष दिलिप कुमार गुरुङ र सल्लाहकार चन्द्र बहादुर गुरुङ समेतको समन्वयबाट संकलित उक्त रकम क्लबका अध्यक्ष वीरभद्र आचार्यलाई हस्तान्तरण गरिएको थियो । सहारा क्लब पोखराद्वारा संञ्चालित कठिन परिस्थिति र विपन्न बर्गका बालकहरु सम्मिलित १६ जिल्लाका २६ जना बालकहरुको आश्रयस्थल सहारा एकेडेमीलाई निरन्तरता दिने उद्देश्य अनुरुप गठित अक्षय कोषमा हालसम्म करिब ७० लाख भन्दा बढी संकलन भएको क्लवका अध्यक्ष आचार्यले बताए । करिब २ करोड रुपैयाँको अक्षयकोष बनाउने सहारा क्लवको लक्ष्य छ । सहाराले पछिल्ला वर्षहरुमा आयोजना गरेको आहारारा गोल्डकपबाट प्राप्त आम्दानीलाई पनि एकेडेमीमै खर्च गर्दै आएको छ ।  

Post a Comment

 
Top