0
गोल्डेन न्यूज संवाददाता
कास्की जिल्ला फुटवल संघको आयोजनामा शनिबारदेखि पोखरामा बलराम केसी स्मृति रेडबुल जिल्लास्तीय लिग फुटवल प्रतियोगिता सुरु भएको छ । शनिबार भएको उद्घाटन  खेलमा सहारा क्लब पोखरा र विष्णुपादुका क्लब हेमजा वीचको खेल एक–एक गोलको बराबरीमा टुङगिएको छ । विष्णुपादुको तर्फबाट अशोक नेपालीले एक गोल गरे भने सहाराका लागी तोरण गुरुङले गोल गरे । त्यस्तै अर्को खेलमा डेभिटफल क्लबले भ्याली स्पोर्टस क्लबलाई २–१ ले पराजित गर्यो । डेविटफलको जीतमा बेद थापा र राजुले एक एक गोल गरे भने भ्यालीको तर्फबाट विवेक गुरुङले एक गोल गरे । यसअघि प्रतियोगिताको उद्घाटन अखिल नेपाल फुटबल संघका उपाध्यक्ष मणि कुवँरले गरे । प्रतियोगिताको उद्घाटन एन्फा कास्की अध्यक्ष धरमबहादुर लामिछानेको अध्यक्षतामा भएको थियो भने संचालन सदस्य रामकृष्ण गोर्खालीले गरेका थिए । 
यहि माघ २९ गतेसम्म संचालन हुने प्रतियोगितामा कास्कीमा रहेका १६ क्लबले सहभागीता जनाएका छन् । प्रतियोगितामा टिमहरुलाई चार समुहमा विभाजन गरिएको । जस अनुसार समूह क अन्र्तगत भ्याली स्पोर्टस, गार्डेन फुटबल क्लब, नवआर्दश क्लब, डेविड फल्स छन भने समुह ख मा एलजी एशोसिएसन, विष्णुपादुका फुटबल क्लब, इन्द्रेणी एकीकृत, सहारा फुटबल क्लब छन् ।
 त्यस्तै समुह ग मा ड्यामसाईड युवा क्लब, संगम फुटबल क्लब, आर्दश युवा क्लब(भण्डाढिक) र हेम्जा यूनाइटेड छन भने समूह घ मा सत्य युवा क्लब, नागढुङगा युवा क्लब, नयाँगाउ युवा क्लब र ढिकुर पोखरी युवा संचाल रहेका छन् । प्रतियोगिता अन्र्तगत आइतबार गार्डेन विरुद्ध नवआर्दश, एलजी विरुद्ध इन्द्रेणी क्लबवीच प्रतिस्पर्धा हुने एन्फा कास्कीले जनाएको छ ।





Post a Comment

 
Top