0
गोल्डेन न्यूज संवाददाता
झण्डै साढे ४ दशकको ईतिहास बोकेको पृथ्वी राजमार्ग बस सञ्चालक समितिले ४४औं बार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाएको छ । वार्षिकोत्सवको अबसरमा रक्तदान, सरसफाई देखि बृद्धाश्रमलाई सहयोग गरेको समितिले आईतवार विशेष कार्यक्रम गरी असल चालक, कर्मचारी, मजदुरका छोराछोरी र पत्रकारलाई सम्मान गरेको छ । कार्यक्रममा पत्रकारिता मार्फत यातायात सम्बन्धि समाचार संप्रेषण गरी सयोग पुर्याएको भन्दै एबिसी टिभीका पोखरा संवाददाता एबं पिसपोखरा डटकमका सम्पादक गोकुल बानियाँलाई सम्मान गरियो । नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष दिनेश भण्डारी, पृथ्बी राजमार्ग बस सञ्चालक समितिका अध्यक्ष एन कुमार साई र नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीले गद १० हजार सहित सम्मानपत्रद्वारा वानियाँलाई सम्मान गरेका थिए । ज्ञवालीको संयोजकत्वमा गठित पुरस्कार छनौट समितिको निर्णयको आधारमा बानियाँलाई सम्मान गरिएको हो । पोखरामा रहेर पत्रकारिता मार्फत यातायात क्षेत्रमा योगदान पुर्याउने एक जनालाई हरेक बर्ष यो पुरस्कार प्रदान गरिदै आएको छ ।

त्यस्तै कार्यक्रममा मजदुर कर्मचारीका छोराछोरी तर्फ २०७१ सालको एसएलसीमा उत्कृष्ठ अंक ल्याउने अभिषेक पौडेल र गृष्मा आचार्यलाई सम्मान गरियो । गृष्मा ज्ञान बिज्ञा पदकबाट पनि सम्मानित भईन् । त्यस्तै उत्कृष्ट चालकको रुपमा ग१ख ५३२२ नम्बरका चालक चिरिञ्जिवी पौडेल सम्मानित भए । समितिले वार्षिकोत्सव कार्यक्रम मार्फत नै यातायात मजदुरसंगठनलाई प्रशिक्षित गराउनको लागि ५० हजार रुपैया प्रदान गरेको छ । कार्यक्रममा बोल्दै यातायात ब्यबसायी राष्ट्रिय महासंघका अध्यक्ष भण्डारीले सरकारले यातायात समिति नविकरण नगरे देशब्यापी आन्दोलनमा होमिने चेतावनी दिए । समितिलाई कम्पनीमा लैजाने बाहानामा यातायात क्षेत्र धरासायी बनाउने खेल भैरहेको उनले बताए । उनले सरकारले यातायात क्षेत्रको लगानी संरक्षण गर्न नसकेको समेत आरोप लागाए ।
महासंघका महासचिव सरोज सिटौलाले राजनीतिक पार्टीदेखि यातायात ब्यबसायी आक्रान्त भएको बताए । राजनीतिक पार्टीले यातायात क्षेत्रको लगानी डुवाउन लागेकाले महासंघले नै ब्यवसायीको लगानीको संरक्षण गर्ने उनले बताए । पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीले पोखराको यातायात क्षेत्रमा देखिएको विवाद तत्काल अन्त्य गर्न सुझाव दिए । समितिका महासचिब योगेन्द्र बहादुर केसीले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रम समितिका अध्यक्ष एन कुमार साईको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Post a Comment

 
Top