0
गोल्डेन न्यूज संवाददाता
पोखरामा जारी बलराम केसी स्मृती रेडबुल जिल्लास्तरीय लिग फुटवल प्रतियोगिता अन्तर्गत आइतबार सम्पन्न खेलमा नवआर्दश सामुदायिक विकास समाज लामाचौर र एलजी एशोसिएशन विजयी भएका छन् । 
आइतबार पोखरा रगंशालाको फुटबल मैदानमा सम्पन्न पहिलो खेलमा नवआर्दश सामुदायिक विकास समाज लामाचौरले गार्डेन फुटबल क्लबलाई ६–१ गोलको फराकिलो अन्र्तरले पाखा लगाउदै विजयी भयो । नवआर्दशका लागि ईश्वर बाँनियाँले ३ गोल गर्दै ह्याट्रिक गरे । उनले ८, २२ र ४२ औ मिनेटमा गोल गदै ह्याट्रिक गरे भने १५आंै मिनेटमा दिनेश श्रेष्ठ, २३औं मिनेटमा किशोर गुरुङ र ३२औं मिनेटमा सजिश गुरुङले आर्दशका लागि गोल गरे । गार्डेनका लागि मिलन गुरुङले ६१आंै मिनेटमा सान्त्वना गोल गरे । 
अर्को खेलमा एल्जीले इन्द्रेणी एकीकृतलाई ५–१ गोल अन्तरले पराजित गर्यो । एल्जीको जितमा ११ मिनेटमा सिद्धार्थ रन्जित, २८ मिनेटमा प्रदिप गुरुङ, ४७ मिनेटमा अजित गुरुङ र ५५ र ७२ मिनेटमा विश्व गुरुङले दुई गोल गरे भने इन्द्रेणीका लागि एक मात्र सान्त्वना गोल ३८औं मिनेटमा प्रदिप खत्रीले गरे । प्रतियोगिता अन्तर्गत सोमबार ड्याम साइड विरुद्ध संगम, आदर्श क्लब विरुद्ध हेम्जा, सत्ययुवा विरुद्ध नागढुङ्गा र नयाँगाउ विरुद्ध एपेक्सले प्रतिस्पर्धा गर्ने एन्फा कास्कीका अध्यक्ष धरमबहादुर लामिछानेले जानकारी दिए ।

Post a Comment

 
Top