0
गोल्डेन न्यूज संवाददाता
पोखराको रामघाटस्थित टप्स उच्च माविमा त्रैमासिक पुरस्कार वितरण कार्यव्रmम सम्पन्न भएको छ । विद्यालयका संस्थापक÷प्राचार्य रत्नमान गुरुङको अध्यक्षतामा भएको कार्यव्रmममा दोस्रो र तेस्रो त्रैमासिक अवधिमा भएका शैक्षिक र अतिरिक्त व्रिmयाकलापका उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको थियो । सो अवसरमा वार्षिक खेलकुद, खुला नृत्य, नेपाली र अङ्ग्रेजी हिज्जे, निबन्ध लेखन, चित्रकला प्रतियोगितालगायतमा उत्कृष्ट भएका विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्दै पूर्व क्षेत्रिय शिक्षा निर्देशक योगेन्द्रबहादुर बस्नेतले टप्सले पढाइका साथै अतिरिक्त व्रिmयाकलापहरुका माध्यमबाट विद्यार्थीमा अन्तरनिहीत प्रतिभाको विकासका लागि गरेको प्रयासको प्रशंसा गरे । शिक्षक रुपिन्द्र प्रभावीको सञ्चालन र सुपरभाइजर चित्रकुमार गुरुङको स्वागतमा भएको कार्यव्रmममा अभिभावकहरु अमृता गुरुङ, शिव कुँवर विष्ट, पवित्रा गुरुङ, प्रेम थापा, माकासी गुरुङ, धनबहादुर गुरुङ, सङ्गीता गुरुङ, सपना गुरुङ, विनोद तामाङ, मनसरी तामाङ, सरस्वती लामिछाने, सरिता गुरुङ, बाबुराम पुन, दुर्गा केसी, टीका गुरुङ, सविना भट्टराई, बास्ना कार्की, रोजी गुरुङ, माया गुरुङ, नरप्रसाद घले, पार्वती तिमिल्सिना, जिनिता गुरुङ, विमला थापा, नीता श्रेष्ठलगायतले पुरस्कार वितरण गरेका थिए । कार्यव्रmममा विद्यार्थीहरुले सांस्कृतिक कार्यव्रmम पनि प्रस्तुत गरेका थिए भने कक्षा १० की छात्रा युनिस गुरुङले गीत गाएकी थिइन् ।

Post a Comment

 
Top