0
बाल सुधार गृह सराङ्गकोट कास्कीमा अभिभावक भेला तथा अन्तत्र्रिmया कार्यक्रम सम्पन्न भएको छ । बाल सुधार गृहका इञ्चार्ज प्रदिप पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा महिला तथा बालबालिका कार्यालय कास्कीकी प्रमुख महिला विकास अधिकृत लक्ष्मी जि.सी. रहेकी थिइन । त्यस अवसरमा बोल्दै लक्ष्मी जि.सी. ले बालबालिकाहरुको बारेका अभिभावकहरुले नसोचिदिएको तथा सोचाईमा कमि भएकोले बालबालिकाहरु गल्ति गर्न पुग्ने भन्दै सानोमा पुरा छाडा छोड्ने र पछि पूर्ण नियन्त्रणमा ल्याउन खोज्दा बालबालिकाहरु गल्ति गर्न पुगेको बताइन । महिला तथा बालबालिका कार्यालय कास्कीकी बाल संरक्षण अधिकृत विन्दुकला भण्डारीले बाल सुधार गृहमा बालबालिकाहरुलाई सुधार गृहले मात्र हेरेर नपुग्ने बताइन । उनले सुधार गृहका बालकहरुले अवसरको बसाईमा रहेको सोच्नुपर्ने भन्दै बालकालिकाहरु कलिला विरुवा भएकाले संरक्षणको आवश्यकता रहेको स्पष्टा पारिन । कास्कीका बाल अधिकार अधिकृत बद्रि वाग्लेले बालबालिकाहरु कागजका खाली पानाहरु भएकोले यी खालि पानाहरुमा के कास्तो कुरा भर्ने भन्ने काम अभिभाबक र त्यस पछि समाजको भन्दै परिवारमा उचित सस्कार नभएमा बालबालिकाहरु गलत बाटो तर्फ उन्मुख हुने बताए । बाल सुधार गृहका इन्चार्ज प्रदिप पराजुलीले मानसिक अवस्था परिपक्व भएको नभएको र कानुनको उल्लंघन गरेको अवस्थामा पनि मनसाय तत्वको अभाव रहन्छ त्यसैले उनीहरुलाई सुधार गरी समाजमा पुनःस्थिापित गर्न सकिन्छ भन्ने मान्यता रहेको बताए । बाल सुधार गृह नेपालमा तीन स्थानमा रहेको भन्दै उनले  कानूनको विवादमा परि स्वतन्त्रताबाट बञ्चित बालकहरु सानोठिमीमा ९७ जना बालक र २ जना बालिका, सराङ्गकोट कास्कीमा ५१ जना बालक र विराटनगर मोरङ्गमा ६५ जना बालकहरु गरि नेपालभरि जम्मा २१३ बालक र २ जना बालिका गरि जम्मा २१५ जना रहेका जानकारी दिए । उनले नेपालगञ्ज मा अर्को बाल सुधार गृह निर्माणधिन अवस्थामा रहेको बताए । कार्यक्रममा शिक्षक अजय थापा, मनोविमर्शकर्ता ज्योति गुरुङ्ग, मनोविज्ञान र कानुन अधिकृत राम बुढा, गृहका इन्चार्ज प्रदिप पराजुली लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।

Post a Comment

 
Top