0
लेखनाथ नगरपालिकाका निर्माण व्यवसायीलाई व्यवस्थित भबन निर्माण सम्वन्धी तीन दिने तालिम शनिवारदेखि लेखनाथमा  शुरु भएको छ । निर्माण व्यवसायी समिति लेखनाथको आयोजना तथा प्रगती इञ्जिनियरिङ कन्सल्टेन्सी पोखराको व्यवस्थापनमा तालिमको शुभारंभ गरिएको हो । कार्यक्रममा बोल्दै लेखनाथ नगरपालिकाका इञ्जिनियर जगन्नाथ कोइरालाले गुणस्तरिय भवन निर्माणका लागि त्यसको लागतका विषयमा निर्माण व्यवसायीलाई जानकारी हुनु पर्नेमा जोड दिए । इञ्जिनियर कोइरालाले भवन निर्माणका सम्वन्धमा नयाँ मापदण्ड केही जटिल भए पनि त्यसले बलियो नगर निर्माणमा सहयोग पुग्ने उल्लेख गरे । उनले भवन निर्माण आंचार संहिता भन्दा तलमाथि भवन निर्माण नगर्न व्यवसायीहरुलाई आग्रह गरे । कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मी प्रसाद त्रिपाठीले व्यवसायीहरुका विचमा भवन निर्माणको ठेक्का रकममा एकरुपता नहुँदा उपभोक्ता समस्यामा परेको उल्लेख गरे । उनले भवन निर्माणको ठेक्का संझौतामा दरमा एकरुपता गर्न आग्रह गरे । निर्माण व्यवसायी समिति पोखराका बरिष्ठ उपाध्यक्ष नारायण गुरुङ्गले प्रविधिको जमाना भएकाले निर्मण व्यवसायीहरु त्यसमा अपडेट हुनु पर्नेमा जोड दिए । उनले भवन निर्माणको गुणस्तर र प्रविधि सँगसँगै आउने भएकाले त्यसमा ध्यान दिन आग्रह गरे । निर्माण व्यवसायी समिति लेखनाथका अध्यक्ष किशानसिंह गुरुङ्गको अध्यक्षतामा भएको तालिम उद्घाटन कार्यक्रममा प्रशिक्षक इञ्जिनियर देउकाजी गुरुङ्गले तालिममा व्यवसायीहरुले भोगेका समस्या, समाधानका उपाय र निर्णय गर्न सिकाईने जानकारी दिए । कार्यक्रममा पत्रकार नवराज सापकोटा, निर्माण व्यवसायी समिति लेखनाथका संस्थापक अध्यक्ष कर्णवहादुर सुनार लगायतले तालिम प्रभावकारी हुनेमा विश्वास व्यक्त गरेका थिए । कार्यक्रमको संचालन समितिका सचिव रामवहादुर गुरुङ्गले गरेका थिए ।




Post a Comment

 
Top