0
गोल्डेन न्यूज संवाददाता
लेखनाथ साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको अवलोकन भ्रमण शनिवार सम्पन्न भएको छ । खानेपानी प्रविधि सञ्चालन र हाल मुहानको अवस्था बारेमा जानकारी लिनका लािग संस्थाको पदाधिकारी, विभिन्न संस्थाको प्रतिनिधि सहित ३५ जनाको सहभागिता रहेको थियो ।
खानेपानी सुधार योजनाका संयोजक शारदा बाँस्तोलाको नेतृत्वमा निस्केका टोलिले गिउजे खोलाको मुहानको अवस्था र खानेपानीमा शुद्धताको अवस्था बारेमा जानकारी लिनका अवलोकन भ्रमण गरिएको लेखनाथ शहरी खानेपानी संस्थाका इन्जिनियर शिव अमात्यले जानकारी दिए । भावी दिनमा लेखनाथ साना सहरी खानेपानीलाई अझ कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने बारेमा आपसी छलफल कार्यक्रम समेत गरिएको थियो । 
संस्थाका अध्यक्ष बोधराज लामिछानेले लेखनाथको सम्पूर्ण भूभागहरुमा खानेपानी सञ्चालनको लागि कसरी अगाडि बढन सकिन्छ भन्ने बारेमा आपसी योजनाहरु तर्जुमा गरिहेको जानकारी गराएका थिए । 
हाल लेखनाथ साना सहरी खानेपानील संस्थाले आफ्ना उपभोक्ताहरुलाई खानेपानीको महसूल भुक्तानी सहज होस भनि लेखनाथका विभिन्न ७५ वटा इसेवा जोन तथा प्वईन्टहरु मार्फत महसूल भुक्तानीको व्यवस्था गरिदै आएको छ । जसबाट उपभोक्ताहरु लाभान्वीत भएका संस्थामा कार्यरत कर्मचारीले बताएका छन ।पहिला खानेपानीको महसूल बुझाउन घुईचो लाग्ने गरेपनि अहिले कमि हुदै गएको बताएका छन ।
लेखनाथ साना शहरी खानेपानी संस्थाले मुहानको अवस्था र प्रभावकारी कार्यका लागि अवलोकन भ्रमण गरिंदै आएको लेखनाथ क्षेत्र नं ३ का संयोजक रामकृष्ण जिसीले जानकारी दिए।


Post a Comment

 
Top