0
प्रधानमन्त्री केपी शर्मा ओलीले १२ औं दक्षिण एसियाली खेलकुद (साग) पुरुष फुटबलको उपाधि जितेको नेपाली राष्ट्रिय टिमलाई बधाइ एवं शुभकामना दिएका छन्।  प्रधानमन्त्रीले साग खेलकुदमा २३ वर्षपछि प्राप्त जीतले नेपालको शीर उचो बनाएको भन्दै खेलाडी, प्रशिक्षक एवं खेलसँग सम्बन्धित सबै सरोकारवाला पक्षहरुलाई आफ्नो व्यक्तिगत र सरकारका तर्फबाट बधाई दिएका हुन्। प्रधानमन्त्रीका तर्फवाट उनका प्रेस संयोजक चेतन अधिकारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘नेपाली खेलाडीको यो विजय खेल इतिहासमा अनन्तकालसम्म स्मरणीय हुनेछ। सरकारले खेलाडीको सम्मानमा कुनै कमी आउन दिने छैन।’ प्रधानमन्त्रीले सागको महिला फुटबल टिम पनि फाइनलसम्म पुग्न सफल भएकोमा बधाई दिंदै आगामी दिनमा अझै राम्रो तयारी गर्न भनेका छन्। साथै सागमा स्वर्ण, रजत र कांस्य पदक विजेता खेलाडीलाई पनि प्रधानमन्त्री ओलीले  बधाई दिएका छन्। यसैगरी एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सागको पुरुष तर्फको फुटबलमा स्वर्ण जित्न सफल नेपाली टोलीलाई बधाई दिएका छन्। खेल सकिए लगत्तै उनले ट्वीटरमार्फत बिजेता टोलीलाई बधाई दिएका हुन्।

यसैगरी प्रधानसेनापति राजेन्द्र क्षत्रीले पनि नेपाली फुटवल टिमलाई शुभकामना दिएका छन् । सागको फाइनलमा नेपालले भारतलाई हराएको उनले गर्व लागेको बताएका छन्। नेपाली महिला फुटवल टिमलाइ पनि उनले बधाइ दिए। महिला टिम फाइनलमा भारतसँग पराजित भएको थियो।  यसैबीच साग फुटवलको फाइनलमा नेपालले भारतलाई हराएसँगै महानगरीय अपराध महाशाखाका एसएसपी सर्वेन्द्र खनाललाई पनि बधाइको ओइरो लागेको छ। स्वदेशका विभिन्न क्षेत्रका मानिसहरु, अमेरिका र बेलायतबाट धेरै फोन र एसएमएस आएको उनले बताए। म्याच फिक्सिङको आरोपमा उनले राष्ट्रिय टोलीका कप्तानसहित सागर थापासहितका ५ जना खेलाडीलाई नियन्त्रणमा लिएका थिए।  उनले नेपाल र भारतबीचको खेल उनले लाजिम्पाटको कर्नर क्याफेमा बसेर हेरेका थिए। ‘नेपालले जित्यो निकै गर्व लाएर आएको छ’, खनालले भने ‘देशको स्वाभिमान पनि जितसँगै चौडा भएको छ। खेलाडीले चाहे, मिहनेत गरे के हुदैन रैछ भन्ने कुराको पनि पुष्टि भएको छ,’ खनालले भने।



Post a Comment

 
Top