0
भारतमा जारी १२औं दक्षिण एसियाली खेलकुद (साग) को पाचौं दिन नेपालले १० पदक जितेको छ । नेपालले उसुमा एक रजत र एक काश्य, खोखोमा २ काश्य, आर्चरी, पौडी, टेबलटेनिस, महिला भलिवल, एथ्लेटिक्स र भारत्तोलनमा एक÷एक काश्य पदक गरी १० पदक जितेको हो ।  योसँगै नेपालको पदक संख्या २३ पुगेको छ । नेपालको एक स्वर्ण, ५ रजत र १७ काश्यसहित कुल २० पदक पुगेको हो । साथै नेपाल पदक तालिकाको पाचौं स्थानमा कायमै छ । भारत भने ७६ स्वर्ण, ३६ रजत १० काश्यसहित कुल १२२ पदक जितेर पदक तालिकाको शीर्ष स्थानमा कायम छ । श्रीलंका १७ स्वर्ण, ३७ रजत र ३३ काश्यसहित कुल ८७ पदक जितेर दोश्रो, पाकिस्तान ५ स्वर्ण, १२ रजत र २० काश्यसहित कुल ३७ पदक जितेर तेश्रो र बंगलादेश ३ स्वर्ण, ८ रजत र २७ काश्य सहित कुल ३८ पदक जितेर पदक तालिकाको चौथो स्थानमा रहेको छ । त्यस्तै, अफ्गानिस्तान २ रजत र ५ काश्यसहित कुल ७ पदक जितेर छैटौं, भुटान १ रजत र ४ काश्यसहित कुल ५ पदक जितेर सातौं र एक रजत र एक काश्यसहित कुल २ पदक मात्र जितेको मालदिभ्स पदक तालिकाको पुछारमा रहेको छ । 

नेपाल फुटवलको सेमिफाइनलमानेपाल पुरुष फुटवलको सेमीफाइनलमा प्रवेश गरेको छ । गुवाहाटी स्थित रंगशालामा आज भएको बंगलादेश र भुटानबीचको खेल बराबरीमा रोकिएपछि नेपाल बाँकी खेलअघि नै सेमीफाइनलमा पुगेको हो । नेपालले यसअघि भुटानलाई ५÷० ले हराएको थियो । बंगलादेश र भुटानको भने एक÷एक अंक रहेको छ । नेपाल र बंगलादेशबीच आउँदो विहीबार हुने खेलले सेमीफाइनलमा पुग्ने अर्को टोलीको टुङ्गो लाग्नेछ । नेपाल पराजित भएमा बंगलादेश सेमीफाइनलमा प्रवेश गर्नेछ भने नेपालले जितेमा गोल अन्तरको आधारमा बंगलादेश वा भुटान मध्ये कुनै एक देश सेमीफाइनलमा पुग्नेछ । एथ्लेटिक्समा नेपाललाई काश्य सागमा नेपालले एथ्लेटिक्समा पनि काश्य पदक जितेको छ । आज शुरु भएको एथ्लेटिक्सतर्फ ५ हजार मिटर दौडमा नेपालका हरिकुमार रिमालले काश्य पदक जितेका हुन् । उनले निर्धारित दुरी १४ मिनेट, ३२ सेकेण्डमा पार गरेका थिए । खोखोको महिला पुरुष दुबैमा काश्यखोखोमा नेपालले पुरुष र महिला दुबै स्पर्धामा काश्य पदक जितेको छ । खेलमा महिला तर्फ नेपालले श्रीलंकालाई २४÷४ ले हराउदै काश्य पदक जितेको हो । यस्तै, पुरुष तर्फ नेपालले श्रीलंकालाई नै १५÷११ ले पराजित गर्दै काश्य पदक जितेको हो ।
स्रोत ः सन्देश श्रेष्ठ



Post a Comment

 
Top