0
जन्म ः वि.सं १९९६ साउन २८ गते
जन्मस्थान ः विराटनगर मोरङ्
स्थायी ठेगाना ः नेपालगञ्ज–१३, बाँके
वैवाहिक स्थिति ः अबिवाहित
पिता ः बोधप्रसाद कोइराला
माता ः कुमुदिनीदेवी कोइराला
दाजुभाइ ः ६ जना (प्रमोद कोइराला, विनोद कोइराला, सुशील कोइराला, डा.अरुण कोइराला,अशोक कोइराला,विजय कोइराला)
दिदीबहिनी ः ६ जना (दिती शर्मा, आभादेवी शर्मा, विभा, सुधा कोइराला, शशी शर्मा,सरिता)
राजनीतिमा संलग्नता ः
२००७ सालको क्रान्तिदेखि नै राजनीतिमा संलग्न ।ठाकुरराम  हाइस्कूल वीरगञ्जमा अध्ययनरत रहदा नै राजनीतिमा सक्रिय ।
नेपाली कांग्रेसले अंगीकार गरेको राष्टिूयता, प्रजातान्त्र र समाजवादको आदर्श एवं नेपाली कांग्रेसका संस्थापक वी पी कोइराला लगायतका नेताहरुको व्यवहारबाट अभिप्रेरित भएर राजनीतिमा संलग्न।
२०११ सालमा पिताजी बोधप्रसाद कोइराला नवलपरासीको डि एफ ओ रहँदा भाइ अरुणसंगै पाल्पामा नेपाल छात्र संघको शाखा खोल्न प्रस्थान ।
२०१२ साल माघमा वीरगञ्जमा सम्पन्न नेपाली कांग्रेसको छैठौं महाधिवेशनमा सहभागी ।
२०१४ सालमा  निर्वाचनको तिथि घोषणाको माग गर्दै देशव्यापी रुपमा भएको भद्र अवज्ञा आन्दोलनमा विराटनगरमा सहभागी ।
२०१५ सालमा संसदीय निर्वाचनको प्रचार प्रसारमा नेपालगञ्जमा सक्रियतापूर्वक सहभागी ।
२०१७ साल पौष १ गते सैन्यबलको आडमा राजाबाट निर्वाचित सरकार अपदस्थ गरी संसद भंग गरेपछि नेता सुवर्ण समशेरलाई नेपालको राजनीतिक अवस्थाको जानकारी दिन भाइ डा.अरुण कोइराला सहित कलकत्ता प्रस्थान । पश्चिम बंगालका मुख्य मन्त्री विधानचन्द्र रायसंग भेटघाट ।भारतमा पत्रकार सम्मेलन । भारतीय नेता जयप्रकाश नारायण, डा. राममनोहर लोहिया, अशोक मेहता, मधु दण्डवते लगायतका नेताहरुसंग सम्पर्क गरी नेपालको राजनीतिक अवस्थाबारे अवगत गराउनु भएको ।
बेलायतकी महारानी एलिजावेथ द्वितीयाको नेपाल भ्रमण तय भएपछि  नेपाल अशान्त भएको र जनता प्रजातन्त्र अपहरित भएकोमा रुष्ट रहेको सन्देश दिन नेपालका विभिन्न भागमा भूमिगत रुपमा विरोध कार्यक्रम सञ्चालन ।
राजा महेन्द्रको कोशी अञ्चल सवारी हुँदा त्यसको विरोधमा भूमिगत रुपमा क्रियाशील ।
२०१७ सालदेखि २०३७ सालसम्म भारतमा  निर्र्वािसत ।
२०३० सालमा प्रजातान्त्रिक आन्दोलनलाई नयाँ आयाम दिन गरिएको विमान अपहरण काण्डमा संलग्न र भारतमा पक्राउ ।
२०३७ सालमा जनमत संग्रह हुनुभन्दा केही हप्ता अगाडि(बैशाख १गते) गिरिजाप्रसाद कोइरालासंगै आम माफी ।
२०३७ सालको जनमत संग्रहमा बहुदलीय व्यवस्थाको पक्षमा जनमत सिर्जना गर्न सक्रिय ।
२०४२ सालको सत्याग्रहमा सक्रिय रुपमा सहभागी ।
२०४६ सालको जनआन्दोलनमा अग्रपडि.तमा सक्रिय । जनआन्दोलनका कार्यक्रम सञ्चालन गरी जनमत सिर्जना गर्न बर्दियामा सक्रिय रहेका बेला नेका नेता तारानाथ रानाभाटसंगै गिरफ्तार ।
२०५९ असोज १८ गते तात्कालिन राजा ज्ञानेन्द्रले जननिर्वाचित सरकारलाई अपदस्थ गरेपछि नेपाली कांग्रेसको नेतृत्वमा चलेको शान्तिपूर्ण आन्दोलनमा सक्रिय ।
२०६१ माघ १९ गते शाही “कु”भएपछि सोही दिन बाँकेमा ३ महिना नजरबन्द। त्यसपछि नेपाली कांग्रेसको अगुवाईमा सञ्चालित ७ दलीय आन्दोलनमा सक्रिय सहभागिता ।
निरड.कुश राजतन्त्रको विरुद्ध २०६२÷६३ मा नेपाली कांग्रसको नेतृत्वमा सञ्चालित आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह ।
प्रजातन्त्र पुनस्थापनाको आन्दोलनका क्रममा  नेपाल र भारत गरी ६ बर्षभन्दा बढी जेल ।
पार्टीमा जिम्मेवारी
पार्टी सदस्यः २०१२ साल
सम्पादक ः तरुण पत्रिका, नेपाली कांग्रसको आधिकारिक मुखपत्र, प्रवासकाल वनारस भारतमा ।
पार्टी केन्द्रीय सदस्यः २०४५ साल मंसीर १३ देखि
विदेश विभाग प्रमुखः २०४५।४६ (सन १९९० )मा
पार्टी महामन्त्री ः नवौं महाधिवेशन २०५३,पोखरापछि
पार्टी  उपसभापतिः २०५५ असोज २० गते
कार्यबाहक सभापतिः ११औं महाधिवेशन १३(१८ भाद्र, २०६२(संस्थापन) र पार्टी एकीकरण पछिको कार्यसमिति २०६४
सभापति ः १२औं महाधिवेशन २०६७, १(५ असोज, काठमाडौं ।
विधायिकी यात्रा
संसदीय दलको नेता निर्वाचित २०७० माघ १२ (प्रतिस्पर्धा नेका वरिष्ठ नेता शेरबहादुर देउवासंग)
दोस्रो संविधान सभा २०७० को सदस्य निर्वाचित ः बाँके क्षेत्र नं ३ र चितवन क्षेत्र नं ४
प्राप्त मतः बाँके १०,७५३ चितवन २०,७६०
निकटतम प्रतिद्वन्द्वी ः बाँके धवलसमशेर राणा ८,८०३ राप्रपा नेपाल र चितवन चित्रबहादुर श्रेष्ठ १०,७३९,
पहिलो संविधान सभाः २०६४ मा पराजित (मधेशी जनाधिकार फोरमका सर्वदेव ओझा निर्वाचित)
प्रतिनिधिसभा सदस्य निर्वाचन २०५६ः विजयी (निकटतम प्रतिद्वन्दी नेकपा मालेका रिजवान अहमद शाह)
संसदीय दलको नेतृत्वमा प्रतिस्पर्धा ः प्रधानमन्त्रीबाट गिरिजाप्रसाद कोइरालाले राजिनामा दिएपछि २०५८ मा सम्पन्न संसदीय दलका नेताको निर्वाचनमा प्रतिस्पर्धा (शेरबहादुर देउवा विजयी)
प्रतिनिधिसभा सदस्य निर्वाचन २०५१ को निर्वाचनः बाँकेबाट प्रतिस्पर्धा (शान्ति समशेर जबरा राप्रपा विजयी)
प्रतिनिधिसभा सदस्य निर्वाचन २०४८ को निर्वाचन ःबाँकेबाट विजयी (निकटतम प्रतिद्वन्द्वी गोविन्द कोइराला एमाले)
संसदको परराष्ट सम्बन्ध र मानवअधिकार समितिहरुका रही महत्वपूर्ण योगदान
संलग्नता ः
संस्थापक अध्यक्ष, प्रजातन्त्र सम्बर्धन केन्द्र
संस्थापक अध्यक्ष,वी. पी. कोइराला स्मृति ट्रष्ट
संरक्षक वी पी कोइराला स्मृति संग्राहलय सुन्दरीजल काठमाडौैं
विदेश भ्रमण ः
भारत, चीन, श्रीलंका संयुक्त अधिराज्य बेलायत, संयुक्त राज्य अमेरिका,थाइलैण्ड, जापान ,फिलिपिन्स, हंगकंग,अष्टूेलिया र फ्रान्स लगायतका विभिन्न युरोपेली मुलुक
पार्टीको भ्रमण टोलीको नेतृत्वः
सभा सम्मेलन र सेमिनारमा सहभागिता ः
सन १९८४ मा बेलायतको सेफिल्डमा आयोजित बेलायतको लेबर पार्टीका सम्मेलनमा नेपाली प्रतिनिधि मण्डलको सदस्यको रुपमा सहभागी
सन १९९६ मा संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा आयोजित सोसलिष्ट इन्टरनेशनलको सम्मेलनमा नेपाली प्रतिनिधि मण्डलको सदस्य
सन १९९६ मा जापानमा आयोजित सोसलिष्ट इन्टरनेशनलको को एशिया प्रशान्त क्षेत्रीय बैठकमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व
सन १९९९ मा फ्रान्सको राजधानी पेरिसमा आयोजित सोसलिष्ट इन्टरनेशनलको चौधौं महाधिवेशन(कन्भेन्सन) मा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व। यसै महाधिवेशनबाट नेपाली कांग्रेसलाई सोसलिष्ट इन्टरनेशनलको पूर्ण सदस्यता प्राप्त ।
सन २०००मा फिलिपिन्सको मनिलामा आयोजित आइक्याप(क्ष्ऋब्एए) को प्रथम सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व ।
सन २००२ मा थाइलैण्डको राजधानी बैककमा आयोजित  आइक्याप (क्ष्ऋब्एए) को दोश्रो सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व ।
सन २००४ मा चीनको राजधानी बेइजिड.मा आयो जित आइक्याप
(क्ष्ऋब्एए) को तेस्रो सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व ।
श्रीलंकाको राजधानी कोलम्बोमा आयोजित सार्क सम्मेलनमा सम्मानीय प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा रहेको उच्चस्तरीय राष्ट्र्यि प्रतिनिधि मण्डलको सदस्य ।
सपना ः शान्त र समृद्ध नेपाल
सपना पूरा गर्ने माध्यमः जलस्रोत, शैक्षिक, जनशक्ति, औद्योगिक र पर्यटनको विकासका साथै कृषि र जडिबुटीको व्यवसायिकीकरण ।

Post a Comment

 
Top