0
गोल्डेन न्यूज संवाददाता
सोनाम ल्होसारको अवसरमा लामा ब्रदर्शद्वारा आयोजित प्रथम सोनाम ल्होसार कप पोखरा ओपन टेनिस प्रतियोगिताको उपाधि हङकङका विनोद गुरुङ्गले जितेका छन् । मंगलबार भएको फाइनल खेलमा पोखरेली खेलाडी राजन पौडेललाई पराजित गर्दै गुरुङ्गले सो उपाधि आफ्नों नाम गराएका हुन् । लेकसाइड स्थित गुरुङ्ग भिलेज टेनिस कोर्टमा भएको खेलमा गुरुङ्गले पहिलो सेट ६–० ले आफ्नों पक्षमा पारेका थिए । त्यसपछि खेलमा उत्कृष्ट प्रदर्शन गरेका राजनले दोश्रँो सेट ६–३ ले लिए । सुपरटाइमा पुगेको तेश्रो सेट गुरुङ्गले ११–९ ले आफ्नों पक्षमा पार्दै उपाधि रक्षा गरेका हुन् । प्रतियोगितामा गेलेन लामाले वेष्ट पर्फमरको पुरस्कार पाए ।
प्रतियोगिताका विजेता खेलाडीलाई पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका उपाध्यक्ष सुनिल गुरुङ्ग, नेपाली सेनाका प्रमुख सेनानी बबि चन्द, नेपाल टेनिस संघका उपाध्यक्ष विनोद कायस्थ लगाएतले पुरस्कार वितरण गरे । कार्यक्रममा बोल्दै प्रमुख अतिथि
गुरुङ्गले पोखरा रंगशालाभित्र बन्दै गरेको टेनिस कम्प्लेक्स निर्माण कार्यमा राष्ट्रिय खेलकुद परिषद्को तर्फबाट सहयोग गर्ने प्रतिवद्धता जाहेर गरे । नेपाल टेनिस संघका उपाध्यक्ष कायस्थले उक्त टेनिस कम्प्लेक्स निर्माणका लागि विभिन्न ठाउँबाट सहयोग आउने क्रम जारी रहेको बताउँदै मगेन राइको अध्यक्षतामा रहेको हङकङ नेप्लीज टेनिस सोसाइटीले च्यारिटी कार्यक्रमको आयोजना गरेर ८ लाख बढि रकम संकलन गरेको जानकारी दिए । कार्यक्रममा बोल्दै नेपाल आदिवासी जनजाति महासंघका उपाध्क्ष समेत रहेका टेनिस खेलाडी सूर्यबहादुर भुजेलले यहाँको टेनिस विकासमा सम्पूर्ण खेलाडीहरुको एकतामा जोड दिए । खेलाडी नविन चालिसेले सञ्चालन गरेको समापन समारोहमा बोल्दै आयोजक लामा ब्रदर्शका सदस्य बिरेन्द्र लामाले प्रतियोगितामा सहभागी सबैलाई धन्यबाद ज्ञापन गरेका थिए ।

Post a Comment

 
Top