0
गोल्डेन न्यूज संवाददाता
प्रयत्नशिल युवा क्लवको आयोजनामा कास्कीको मौजा–१ मोहोरियामा २० औं वार्षिकोत्सव तथा ४० औं बसन्तपञ्चमी मेला सम्पन्न भएको छ । तीन दिने मेलाको मुख्य आर्कषण पुरुष भलिवल प्रतियोगितामा ल्वाङ घलेल गाविस प्रथम, संरक्षण युवा क्लव, घ्याम्राङ द्धितिय भएको थियो । प्रतियोगितामा प्रथम हुने समुहले नगद २५ हजार सहित शिल्ड मेडल प्रमाणपत्र् तथा द्धितियले नगद १५ हजार सहित मेडल प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा विभिन्न १९ टिमको सहभागिता रहेको थियो । त्यसैगरि छेलो हान्ने प्रतियोगितामा मौजा गाविसका धनराज नेपाली विजयी भए । उनलाई फेटा, दोसल्लाले सम्मान गरिएको थियो । गाविस भरिमा वर्षका उत्कृष्ट कृषकको रुपमा पुरुषमा मौजा–१ का ताराबहादुर गुरुङ्ग र महिलातर्फ मौजा–४ का डम्मर कुमारी गुरुङ्ग सम्मानित भए । मौजा तारा अन्तर्गत हिमालय माविका छात्रतर्फ सविन गुरुङ्ग र छात्रातर्फ प्रतिमा पोखरेललाई सम्मान गरियो । विद्यालयबाट प्रवेशिका परिक्षा उत्तिर्णा गरेका १४ जना विद्यार्थीलाई पनि सोही समारोहमा सम्मान गरियो । मेलामा आयोजित विभिन्न कार्यक्रमका विजेता तथा सहयोगीहरुलाई कार्यक्रमका प्रमुख अतिथि एवं क्लवका पूर्वाध्यक्ष सिम गुरुङ्गले एक समारोहका विच पुरस्कार वितरण गरे । त्यसैगरि मौजा विकास कोष हल्याण्डका अध्यक्ष जुमप्रसाद गुरुङ्ग, उपाध्यक्ष ओमकुमारी गुरुङ्ग, सत्यवती आमा समुहका अध्यक्ष खस्मिरी गुरुङ्ग, समाजसेवी नन्दबहादुर गुरुङ्ग लगायतले पुरस्कार वितरण गरेका थिए । क्लवका अध्यक्ष मणिराज गुरुङ्गको अध्यक्षतामा भएको समापन कार्यक्रममा क्लवका सदस्य रुद्रबहादुर परियार र पूवअध्यक्ष खगेन्द्र गुरुङ्गले पनि बोलेका थिए ।



Post a Comment

 
Top