0
गोल्डेन न्यूज संवाददाता
जनमुखी प्राथमिक विद्यालय भाटखोला–३ साहुथर ठूलास्वारा स्याङ्जाको २५औं वर्ष प्रवेशको सु–अवसरमा एक दिने निःशुल्क शिविर सम्पन्न गरेको छ । विद्यालयले अपाङ्गता परिचय–पत्र वितरण, गोवर परीक्षण र विद्यार्थीको रगत गु्रप विभाजन गरिएको थियो । शिविरमा छ जनाले अपाङ्गता परिचय पत्र प्राप्त गरेका थिए । जसमा उत्तम कार्की र धनकुमारीले सेतो, लाटो गुरुङले नीलो, प्रेमकुमारी रानाभाट र विशाल गुरुङ पहिलो र तेजबहादुर घर्तीले रातो अपाङ्गता परिचयपत्र प्राप्त गरेका थिए । यस्तै ३१ वटा भैँसी र गोरुको गोवर परीक्षण गरिएको थियो । यस्तै रक्त गु्रप विभाजनमा ९० जना सहभागी रहेका थिए । शिविर सम्पन्न गर्नका लागि महिला बालबालिका कार्यालय स्याङ्जाबाट ठगीकुमारी खनालको नेतृत्वमा गुरुप्रसाद ढकाल र स्याङ्जा अपाङ्ग समाजका अध्यक्ष युवराज पराजुली र जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. भोजराज गौतमले अपाङ्गता भएका व्यक्तिहरुको पहिचान गरी परिचयपत्र वितरण गरेका थिए । यस्तै जिल्ला पशु कार्यालय स्याङ्जा अन्र्तगत फेदीखोला केन्द्र अग्नीधर अधिकारी, सेती दोभान केन्द्रबाट झलककृष्ण भण्डारी र सहयात्री कृषि तथा पशुपालन स.सं. लि. भाटखोलाका अध्यक्ष परशुराम रानाभाटले गोवर परीक्षण कार्य सम्पन्न गरेका थिए भने नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा स्याङ्जाबाट किरण चापागाई र दिलीप सुवेदीबाट रक्त समूह पहिचानमा सहयोग गरेका थिए । विद्यालयले यही फागुन ११ र १२ गते रजत जयन्ती मनाउँदै छ । रजत जयन्ती मूल समारोहका संयोजक प्रेम सुनामको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन रेश्यामलाल रानाभाटले गरेका थिए ।



Post a Comment

 
Top